पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न नेविसंघको माग « Khabarhub

पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न नेविसंघको माग


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेको छ ।

नेविसंघका अध्यक्ष राजीव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिले कोरोनाबाट प्रभावित जनता मारमा परेको भन्दै मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेका हुन् ।

“कोरोनाका कारण आहात भएका जनतालाई राहत दिनुको सट्टा उल्टै जनताको ढाड भाँचिने गरी मूल्यवृद्धिको नेविसंघले घोर निन्दा र भत्र्सना गर्दछ”, अध्यक्ष ढुङ्गानाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेविसंघले आयल निगमभित्र व्याप्त भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्दै पेट्रोलियम पदार्थको मूल्य स्थिररुपमा कायम राख्नसमेत आग्रह गरेको छ । अध्यक्ष ढुङ्गानाले पेट्रोलियम पदार्थमा लगाइएका अनावश्यक कर खारेज गर्नसमेत आग्रह गरेका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  १० : १५ बजे

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया