प्रिमियर लिगमा एभर्टन र टोटेनहमको बराबरी « Khabarhub

प्रिमियर लिगमा एभर्टन र टोटेनहमको बराबरी


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र टोटेनहमले बराबरी खेलेका छन् ।

शुक्रबार राति भएको खेलमा एभर्टन र टोटेनहमले २-२ गोलको बराबरी खेल्दै अंक बाढेका हुन् ।

एभर्टनको मैदानमा सुरुवाती अग्रता भने टोटेनहमले बनाएको थियो । ह्यारी केनले २७औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

तर ३१औँ मिनेटमा गिल्फी सिगुर्डसनले पेनाल्टीमा गोल गर्दै एभर्टनलाई खेलमा फर्काए ।

६२औँ मिनेटमा सिगुर्डसनले व्यक्तिगत दोस्रो गोल गर्दै एभर्टनलाई २-१ को अग्रता दिलाए ।

६८औँ मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २-२ को बराबरीमा ल्याउदै टिमलाई हारबाट जोगाए ।

एभर्टनविरुद्ध दुई गोल गरेका केनले चोट समेत बोक्न पुगे । चोटका कारण केन खेलको ९०औँ मिनेटमा मैदानबाट बाहिरिएका थिए ।

बराबरीसँगै एभर्टन ३१ खेलमा ४९ अंकसहित आठौं स्थानमा छ । टोटेनहम ३२ खेलमा ५० अंकसहित सातौँ स्थानमा छ ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ७ : ११ बजे

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहु– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको

विश्वकप फुटबल : पहिलो हाफमा उरुग्वेविरुद्ध स्पेनलाई १–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह एच को अन्तिम

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको