जर्मन बुन्डेसलिगा : दोस्रो स्थानको लाइपजिग बराबरीमा रोकियो | Khabarhub Khabarhub

जर्मन बुन्डेसलिगा : दोस्रो स्थानको लाइपजिग बराबरीमा रोकियो


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जर्मन बुन्डेसलिगा फुटबलको दोस्रो स्थानमा रहेको आरबी लाइपजिग बराबरीमा रोकिएको छ ।

शुक्रबार राति भएको खेलमा लाइपजिग होफेनहाइमसँग गोलरहित बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा पाएको मौकालाई सदुपयोग गर्न नसक्दा लाइपजिगले अंक बाड्नु परेको हो ।

खेलको अन्तिम समयमा लाइपजिगका युसुफ पाउलसेनले गोल गरे पनि गोलको मान्यता पाएन । भीएआर प्रविधिमा गोल गर्नु अघि युसुफले बल हातले रोकेको देखिएको थियो  ।

बराबरीसँगै लाइपजिगले शीर्ष स्थानको बायर्न म्युनिखसँगको अंक दुरी घटाउने मौका गुमाएको छ । लाइपजिग २९ खेलमा ६१ अंकसहित दोस्रो स्थानमा रहेको छ । शीर्ष स्थानको बायर्नको ६५ अंक रहेको छ ।

होफेनहाइम ३२ अंकसहित ११औँ स्थानमा छ ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ८ : ४० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर