जर्मन बुन्डेसलिगा : दोस्रो स्थानको लाइपजिग बराबरीमा रोकियो « Khabarhub

जर्मन बुन्डेसलिगा : दोस्रो स्थानको लाइपजिग बराबरीमा रोकियो


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जर्मन बुन्डेसलिगा फुटबलको दोस्रो स्थानमा रहेको आरबी लाइपजिग बराबरीमा रोकिएको छ ।

शुक्रबार राति भएको खेलमा लाइपजिग होफेनहाइमसँग गोलरहित बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा पाएको मौकालाई सदुपयोग गर्न नसक्दा लाइपजिगले अंक बाड्नु परेको हो ।

खेलको अन्तिम समयमा लाइपजिगका युसुफ पाउलसेनले गोल गरे पनि गोलको मान्यता पाएन । भीएआर प्रविधिमा गोल गर्नु अघि युसुफले बल हातले रोकेको देखिएको थियो  ।

बराबरीसँगै लाइपजिगले शीर्ष स्थानको बायर्न म्युनिखसँगको अंक दुरी घटाउने मौका गुमाएको छ । लाइपजिग २९ खेलमा ६१ अंकसहित दोस्रो स्थानमा रहेको छ । शीर्ष स्थानको बायर्नको ६५ अंक रहेको छ ।

होफेनहाइम ३२ अंकसहित ११औँ स्थानमा छ ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ८ : ४० बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको