कोरोना संक्रमणबाट कुवेतमा दुई नेपालीको मृत्यु | Khabarhub Khabarhub

कोरोना संक्रमणबाट कुवेतमा दुई नेपालीको मृत्यु



दोहा- कोरोना संक्रमणबाट कुवेतमा एकै दिन दुई नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगरका सन्तोष कुमार दर्जी र स्याङ्गजाका बम बहादुर पुलामी छन् ।

उनीहरु दुवै जनाको उपचारको क्रममा बिहीबार राति मृत्यु भएको गैरआबासीय नेपाली संघ (एनआरएनए) कुवेतका महासचिव दिल कुमार पाख्रिनले जानकारी दिएका छन् ।

पछिल्लो समय कुवेतमा कोरोना संक्रमण बढेसंगै ठूलो संख्यामा नेपालीहरु पनि संक्रमित भएको अनुमान गरिएको छ । यस्तै, कोरोनाको महामारी तीव्र रुपले फैलिएसंगै एनआरएनए कुवेतले त्यहाँ कार्यरत रहेका नेपालीहरुलाई सचेत रहन आग्राह गरेको छ ।

संघले एक विज्ञप्ति मार्फत कोरोनाका करण  दुई नेपालीले ज्यान गुमाएकोमा दुख ब्यक्त गर्दै सबैलाइ आ-आफ्नो ठाउँमा सुरक्षित रहन भनेको छ ।

कुवेत सरकारले कोरोना नियन्त्रणका लागि तोकेको स्वास्थ्य मापदण्ड पालना गर्दै सार्वजनिक स्थलमा हिँडडुल नगर्न र गर्नै पर्ने भए अनिवार्य मास्क प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न गरी सुरक्षित रहन संघले आग्रह गरेको छ ।

यो समाचार तयार पार्दासम्म कुवेतमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ५४ हजार ४७२ पुगेको छ ।

उपचारपछि निको हुनेको सङ्ख्या २ लाख ३७ हजार ६६७ पुगेको छ भने अहिलेसम्म १ हजार ४३६ जनाको मृत्यु भैसकेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  १० : ०१ बजे

जिल्ला प्रशासन म्याग्दीको आवासगृहमा आगलागी, एक जना घाइते

म्याग्दी– जिल्ला प्रशासन कार्यालय मुस्ताङको आवासगृहमा आज बिहान आगलागी हुँदा

कांग्रेस नेता कोइराला र बेलायती कन्जरभेटिभ पार्टीका नेता क्लेभर्लीबीच भेटवार्ता

काठमाडौं– बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले

रास्वपा लक्षित बास्कोटाको टिप्पणी– बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला ?

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

मौरीपालनबाट किसान लाभान्वित

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–९ का विष्णुबहादुर खड्का

सीमापार धार्मिक पर्यटन प्रवर्द्धनमा जुट्दै नेपाल–भारत

भारत– सीमापार धार्मिक पर्यटन प्रवर्द्धनका लागि नेपाल र भारतका पर्यटन