प्रचण्ड ओलीले बोलाएको सर्वदलीय बैठकमा नजाने « Khabarhub

प्रचण्ड ओलीले बोलाएको सर्वदलीय बैठकमा नजाने


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा सहभागी नहुने भएका छन् ।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बोलाइएको आजको बैठकमा अध्यक्ष प्रचण्ड नजाने प्रचण्डको सचिवालयले जनाएको छ । शुक्रबार भने प्रचण्डले प्रधानमन्त्रीले टेलिफोन गरेको भन्दै भेटेर कुरा गर्ने बताएका थिए ।

ललितपुरको एउटा कार्यक्रमका क्रममा प्रचण्डले सार्वजनिक मञ्चबाट नै प्रधानमन्त्रीले फोन गरेको जानकारी दिँदै भेटेर कुराकानी गर्ने बताए पनि आजको सर्वदलीय बैठकमा भने सहभागी नहुने निर्णय गरेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।

बालुवाटार नजाने निर्णय गर्नुअघि उनले एमाले नेता माधवकुमार नेपालसँग फोनमा कुराकानी गरेका थिए ।

यसैबीच नेकपा माओवादी केन्द्रले भने सर्वदलीय बैठकका लागि निम्तो नै नआएको दाबी गरेको छ भने बालुवाटारले भने सबैलाई बोलाइएको जनाएको छ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ११ : ०३ बजे

सर्वदलीय बैठकमा गगन र प्रचण्डको आक्रोश : यस्तो बेलामा प्रधानमन्त्री ठालु भएर बस्ने हो ?

काठमाडौँ – सुनसरीमा उत्पन्न तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई लिएर

चिकित्सकहरूको आन्दोलन आज पनि जारी, उपचार सेवा ठप्प (तस्बिरहरु)

काठमाडौँ– नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका सरकारी तथा निजी

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको