विकिनी लगाउन किन डराउछिन् दिव्यांका ? | Khabarhub Khabarhub

विकिनी लगाउन किन डराउछिन् दिव्यांका ?


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–आजकल टेलिभिजन अभिनेत्रीहरु आफ्नो संस्कारी र बुहारीवाला पहिचानबाट बाहिर निस्किएर आफूलाई बोल्ड देखाउन कम्मर कसेर लागेका छन् । उनीहरु विकिनी तस्वीर खिचाउनसमेत पछि पर्दैनन् ।

तर यो मामलामा अभिनेत्री दिव्यांका त्रिपाठी फरक छिन् । नवभारत टाइम्समा प्रकाशित समाचारअनुसार दिव्यांका अहिलेसम्म अनस्क्रिन त के अफस्क्रिनमा पनि विकिनीमा देखिएकी छैनन् ।

जबकी हिना खानदेखि लिएर सुरभी ज्योति, रश्मी देसाई, आरती सिंह र शेफाली जरीवालालगायतका अभिनेत्री विकिनीवाला तस्वीर सामाजिक सञ्जालमा शेयर गरिरहन्छन् ।

‘मलाई स्विमसुट या बिकिनी लगाउन लाज लाग्छ । त्यहीकारण आजसम्म मैले स्वीमिङ गरेको छैन । विकिनी लगाउदा मलाई अनौठो अनुभव हुन्छ’, उनले भनेकी छन् ।

उनले आफूलाई विकिनी लगाउन हिम्मत जुटाउनुपर्ने बताइन् । ‘जो युवतीहरु विकिनी लगाएर आफ्नो सुन्दर तस्वीर सामाजिक सञ्जालमा राख्छन्, साँच्चै ती युवतीहरु हिम्मतवाली नै हुन्’, उनले भनिन् ।

उनले ‘विरासत’, ‘कसम से’, ‘सात फेरे–सलोनी का सफर’, ‘छोटी बहू–सिन्दूर बिन सुहागन’ र ‘ये है मोहब्बतें’ जस्ता टेलिफिल्ममा अभिनय गरेकी छन् ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  १ : ४८ बजे

शैक्षिक गुणस्तर वृद्धि गर्न उत्प्रेरणा तालिम

तम्घास– गुल्मीको इस्मा गाउँपालिका–२ छल्दीमा रहेको पालुखा माध्यमिक विद्यालयले शैक्षिक

जसपा फुटेपछि कांग्रेसले भन्यो : माधव नेपाललाई प्रधानमन्त्री अफर गरिएको होइन

काठमाडौं– प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले एमालेसँग मिलेर

बडिगाड गाउँपालिकाले ग्रिन हाइड्रोजन उत्पादन गर्ने

ढोरपाटन– बागलुङको बडिगाड गाउँपालिकाले स्वच्छ ऊर्जा (ग्रिन हाइड्रोजन) उत्पादन गर्ने

कविता : आमा

मेरो दूधको पहिलो थोपा तिमी मेरो बोलाइको पहिलो शब्द तिमी

ओलीको टिप्पणी- जनताको सुविधाका लागि सडकसञ्जालको विकास अपरिहार्य

चन्द्रौटा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले