सर्वदलीय बैठक– कोरोना नियन्त्रण, एमसीसी र उपनिर्वाचनबारे छलफल « Khabarhub

सर्वदलीय बैठक– कोरोना नियन्त्रण, एमसीसी र उपनिर्वाचनबारे छलफल


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा कोरोना नियन्त्रणमा सरकारले चालेको कदम, उपनिर्वाचन तथा एमसीसीका बारेमा छलफल भएको छ ।

बैठक सकिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले मुख्यतः तीन विषयमा आजको बैठकमा छलफल भएको बताए ।

उनले कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका विषयमा सरकारले गरेको पहलका विषयमा छलफल भएको बताए । त्यस्तै विभिन्न स्थानमा रिक्त स्थानमा उपनिर्वाचन गर्ने बारे पनि बैठकमा छलफल भएको मन्त्री ज्ञवालीले बताए । आजको बैठकमा प्रतिनिधि सभाको काम कारबाहीका बारेमा पनि कुराकानी भएको थियो ।

मन्त्री ज्ञवालीले कोभिड रोकथाममा सरकारले प्रभावकारी ढंगले काम गरोस् भन्ने कुरा दलका नेताहरूले राखेको बताउँदै खोपको सुनिश्चतता गर्न, आवश्यक परे विद्यालय पनि बन्द गर्न दलहरुले सुझाव दिएको बताए ।

उपनिर्वाचनका विषयमा नेपाली कांग्रेसले भदौमा महाधिवेशन गर्नुपर्ने भएकोले त्यसलाई मध्यनजर गर्दै कार्यतालिका बनाउन सुझाव दिएको उनले बताए । बैठकमा एमसीसीका विषयमा पनि छलफल भएको छ ।

बैठकमा कांग्रेसबाट कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण सहभागी थिए ।

त्यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण सहभागी थिए ।

बैठकमा नेकपा माओवादी केन्द्रका नेता भने सहभागी भएन । नेमकिपाका प्रेम सुवाल र राप्रपाका प्रकाशचन्द्र लोहनीलगायत सहभागी भएका थिए ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  २ : ५५ बजे

मोदी प्रमुख अतिथि रहने एनएक्सटी समिटमा रेनु दाहाल वक्ता

काठमाडौं- भरतपुर महानगरपालिकाकी पूर्वप्रमुख रेनु दाहालले भारतमा आयोजना हुने प्रतिष्ठित

एमआरपी स्टिकर नटाँसिएका सामग्रीको भन्सार जाँचपास बन्द

रसुवा- चीनबाट आयात गरिएका व्यवसायिक सामग्रीको भन्सार जाँचपास प्रक्रिया रसुवा

गगनले भने : सीमा क्षेत्रमा ‘१०० रुपैयाँ भन्सार’ नियम अव्यवहारिक, सर्वसाधारण अनेक सास्ती भोग्दैछन्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भारतसँगको सीमावर्ती क्षेत्रमा लागू

डोजर नपुग्दै बाटो लागे धोबी खोलाका सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले डोजर लगाउने भएपछि काठमाडौंको बूढानीलकण्ठस्थित

आज पनि घट्यो नेप्से परिसूचक

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो दिन गिरावट