दाउन्नेमा बस खस्यो, ३१ जना घाइते, उद्दारकार्य जारी | Khabarhub Khabarhub

दाउन्नेमा बस खस्यो, ३१ जना घाइते, उद्दारकार्य जारी


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कावासोती– पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्ने सडक खण्डमा यात्रुबाहक बस दुर्घटनामा परेको छ ।

बस सडकबाट २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले बताए ।
बुटवलबाट नारायणगढ आउँदै गरेको ना ५ ख ७००० नम्बरको बस आफै अनियन्त्रित भई खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइतेमध्ये अहिलेसम्म १३ जना पुरुष, १२ जना महिला र ६ जना बालबालिका गरी ३१ जनाको उद्दार गरी उपचारका लागि अस्पताल पठाइएको नवलपुर प्रहरीले जनाएको छ ।

घटनाको विस्तृत विवरण आइपुगेको छैन । बसमा कति जना सवार रहेको यकिन नभएको र अहिले उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

दाउन्नेको सडक निक्कै विग्रिएका कारण पछिल्लो समय सो क्षेत्रमा दुर्घटना बढेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ७ : ०७ बजे

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना