दाउन्नेमा बस खस्यो, ३१ जना घाइते, उद्दारकार्य जारी « Khabarhub

दाउन्नेमा बस खस्यो, ३१ जना घाइते, उद्दारकार्य जारी


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कावासोती– पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्ने सडक खण्डमा यात्रुबाहक बस दुर्घटनामा परेको छ ।

बस सडकबाट २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले बताए ।
बुटवलबाट नारायणगढ आउँदै गरेको ना ५ ख ७००० नम्बरको बस आफै अनियन्त्रित भई खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइतेमध्ये अहिलेसम्म १३ जना पुरुष, १२ जना महिला र ६ जना बालबालिका गरी ३१ जनाको उद्दार गरी उपचारका लागि अस्पताल पठाइएको नवलपुर प्रहरीले जनाएको छ ।

घटनाको विस्तृत विवरण आइपुगेको छैन । बसमा कति जना सवार रहेको यकिन नभएको र अहिले उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

दाउन्नेको सडक निक्कै विग्रिएका कारण पछिल्लो समय सो क्षेत्रमा दुर्घटना बढेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ७ : ०७ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको