डोटीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा « Khabarhub

डोटीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– डोटीलाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गरिएको छ ।

‘स्थानीय स्थायित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराकासाथ कोरोना भाइरसको त्रासका बीच डोटीलाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गरिएको हो ।

जिल्ला खोप समन्वय समितिद्वारा आज यहाँ आयोजित एक समारोहमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरे ।

सो अवसरमा मन्त्री सुवेदीले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले भने, “सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको छ, गत आार्थिक वर्षमा प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा रु तीन अर्ब ३५ करोड खर्च गरेको छ ।”

मन्त्री सुवेदीले प्रदेशका सबै महिला स्वयंसेविकालाई पहिलो वर्ष प्रत्येकको बैंक खातामा रु १०/१० हजार प्रदान गरिएको र अहिले परिवारका पाँच सदस्यसहित स्वास्थ्य बीमा गरिएको जानकारी दिए ।

दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले एउटा व्यक्ति पनि कोरोना भाइरस विरुद्धको खोप लगाउन छुट्यो भने देशलाई नै अप्ठ्यारो पर्ने भएकाले सबैलाई खोप लगाउन जरुरी रहेको बताए ।

जिल्ला समन्वय समिति तथा जिल्ला पूर्ण खोप समन्वय समिति डोटीका संयोजक रामबहादुर ऐरले डोटीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नमा सबै स्थानीय तहका जनप्रतिनिधि र सबै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीको महत्वपूर्ण भूमिका रहेको बताए ।

जिल्लाका नौवटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

जन्मेदेखि १५ महिनासम्मका सम्पूर्ण बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने सबै खोप लगाएकाले डोटीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख उद्धवसिंह ठगुन्नाले जानकारी दिए ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  १० : ३० बजे

सत्यलाई हतियार बनाएर भ्रम चिर्छौँ, एमालेको विचार हरेक मोबाइल स्क्रिनसम्म पुर्‍याउँछौँ’ : निरज आचार्य

काठमाडौं– नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

प्रत्येक जिल्लमा एउटा विद्यालयलाई नमूना विद्यालय बनाउने

काठमाडौं– मधेश सरकारले मधेसका प्रत्येक जिल्लामा एउटा नमूना विद्यालय बनाउने

राउटे समुदायलाई मूल प्रवाहमा ल्याउने नीति

काँक्रेविहार– राउटे संरक्षण नीति स्वीकृत भएसँगै कर्णालीका विभिन्न जिल्लामा बसोबास

मधेसले अब किसानलाई उत्पादनमा आधारित मात्रै अनुदान दिने

काठमाडौं– मधेस प्रदेश सरकारले अब किसानलाई उत्पादन आधारित मात्रै अनुदान

मधेश प्रदेश बजेट : एक करोड भन्दा कम आयोजनामा बजेट विनियोजन नगर्ने

काठमाडौं– मधेश प्रदेशले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्दा एक