ला लिगाको उपाधि होडबाट बाहिरियो बार्सिलोना « Khabarhub

ला लिगाको उपाधि होडबाट बाहिरियो बार्सिलोना


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बार्सिलोना ला लिगा फुटबलको यो सिजनको उपाधि होडबाट बाहिरिएको छ ।

आइतबार राति सेल्टा डी भिगोसंग पराजित भएसँगै बार्सिलोना उपाधि होडबाट बाहिरिएको हो ।

सेल्टा डी भिगोले बार्सिलोनालाई उसैको मैदानमा २–१ ले हराइदिए पछि बार्सा यो वर्षा ला लिगाको तेस्रो स्थानमा रहँदै यो सिजन  सकाउने भएको छ ।

लियोनल मेस्सीको हेड गोल गर्दै टोलीलाई २८औँ मिनेटमा अग्रता दिलाए पनि त्यसलाई जोगाइ राख्न नसक्दा बार्सिलोना पराजित भएको हो ।

३८औँ मिनेटमा सेल्टा डी सान्टी मिनाको गोलमा भिगोले गर्‍यो । खेल सकिन एक मिनेट बाँकी छदाँ मिनाले व्यक्तिगत दोस्रो गोल गर्दै पाहुना टोलीलाई जित दिलाए ।

पराजित बार्सिलोना ७६ अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।

दोस्रो स्थानको रियल ८१ अंकसहित दोस्रो र एट्लेटिको मड्रिड ८३ अंकसहित शीर्ष स्थानमा छ । सेल्टा डी भिगोले ५३ अंक जोड्दै तालिकाको आठौँ स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ७ : ४० बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष