इजरायल-प्यालेस्टाइन युद्ध जारी, एकैदिन १० बालबालिकासहित ४२ जनाको मृत्यु « Khabarhub

इजरायल-प्यालेस्टाइन युद्ध जारी, एकैदिन १० बालबालिकासहित ४२ जनाको मृत्यु


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इजरायल र प्यालेस्टाइनबीच जारी युद्धमा आइतबार एकै दिन ४२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १० जना बालबालिका पनि रहेको बीबीसीले जनाएको छ ।

गाजा क्षेत्रमा गत सोमबारदेखि जारी युद्धमा एकैदिन यति धेरै हताहती भएको यो पहिलो हो ।

इजरायली सेनाका अनुसार प्यालेस्टाइनी विद्रोहीहरुले यो साताभरीमा इजरायलमा तीन हजारभन्दा बढी रकेट प्रहार गरेका छन् ।

सोमबार बिहानै इजरायलले गाजा शहरका विभिन्न क्षेत्रमा ८० वटा हवाई आक्रमण गरेको छ । त्यसअघि हमास बिद्रोहीले इजरायलको दक्षिणी क्षेत्रमा रकेट प्रहार गरेको जनाइएको छ ।

युद्ध चर्किदै गएपछि अन्तर्राष्ट्रिय समुदायले वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न अपील गरे पनि दुबै पक्ष पछि हटेका छैनन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्न्टोनिओ गुट्रेसले हिंसा जारी रहेमा मध्यपूर्व क्षेत्र नै गहिरो समस्यामा जाने चेतावनी दिएका छन् । उनले हिंसा तत्काल अत्या गर्न अपील गरेका छन् ।

एकहप्ताको अवधिमा गाजामा ५५ बालबालिका र ३३ महिलासहित कुल १८८ जनाको ज्यान गइसकेको अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ९ : २५ बजे

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

लमजुङ– मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय

पृथ्वी र बिपी राजमार्गमा सास्ती: देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मुगुमा तीन घण्टाको फरकमा चार म्याग्निच्युडका दुई भूकम्प

काठमाडौँ – मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा