मुख्यमन्त्री राउतले मागे युएनसँग सहयोग | Khabarhub Khabarhub

मुख्यमन्त्री राउतले मागे युएनसँग सहयोग


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणको लागि सहयोग गरिदिन प्रदेशस्थित राष्ट्र संघीय निकाय (यूएन एजेन्सी) हरुलाई अपील गरेका छन् ।

सोमबार प्रदेश नीति तथा योजना आयोगको संयोजनमा मुख्यमन्त्री निवास मधेश भवनमा सम्पन्न युएन एजेन्सीहरु संगको छलफलमा मुख्यमन्त्री राउतले महामारी नियन्त्रणका लागि अतिआवश्यक देखिएको भेन्टिलेटर, अक्सिजन ग्यासको आपूर्ति, औषधि, जनशक्ति र भ्याक्सिन उपलब्ध गराई दिन अपील गरेका हुन् ।

युएन एजेन्सीहरुले मुलुकलाई गर्दै आएको सहयोग प्रदेशमा खासै नपुगेको गुनासो गर्दै मुख्यमन्त्री राउतले युएन एजेन्सीहरुबाट आउने सहयोग प्रदेश २ सम्म ल्याउनका लागि पहल गर्न समेत प्रदेशस्थित प्रतिनिधिहरुलाई आग्रह गरे ।

समुदाय स्तरमा कोरोना फैलिएपछि प्रदेश २ मा अक्सिजन अभाव भएको छ । भेन्टिलेटर अभावमा पनि बिरामीहरूले ज्यान गुमाइरहेका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  १ : १५ बजे

वनमा आगो लगाएको अभियोगमा दुईजना  पक्राउ

ओखलढुङ्गा– वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार सन्