भारतले बनायो कोरोनाविरुद्धको औषधि, रक्षा र स्वास्थ्यमन्त्रीले गरे सार्वजनिक | Khabarhub Khabarhub

भारतले बनायो कोरोनाविरुद्धको औषधि, रक्षा र स्वास्थ्यमन्त्रीले गरे सार्वजनिक


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– छिमेकी देश भारतले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको औषधि सार्वजनिक गरेको छ ।

भारतीय रक्षा मन्त्री राजनाथ सिंह तथा स्वास्थ्य मन्त्री डा. हर्षवर्द्धनले संयुक्त रुपमा उक्त औषधिको सोमबार सार्वजनिक गरेका हुन् । यो औषधि पाउडरको रुपमा रहेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । कोरोना विरुद्धको उक्त औषधिको नाम २ डीजी दिइएको छ ।

यो औषधि सबैभन्दा पहिला दिल्लीको कोभिड अस्पतालमा भर्ना भएका बिरामीलाई दिइने बताइएको छ ।

यो औषधि एक सातामा १० हजारको हाराहारीमा उत्पादन हुने दाबी गरिएको छ । यो औषधि सेवन गरेका ४२ प्रतिशत बिरामीलाई तीन दिनपछि अक्सिजन दिनु नपरेको, दुई दिन अगाडि नै स्वास्थ्य लाभ मिलेको र ६५ वर्षमाथिका बिरामीमा पनि प्रभावकारी देखिएको दाबी गरिएको छ । यो औषधि पानीमा घोलेर बिहान बेलुका बिरामीलाई दिइनु पर्ने उल्लेख गरिएको छ ।

औषधी भारतको रक्षा अनुसन्धान र विकास संगठनद्वारा बनाइएको हो । यो औषधीलाई भारतले आपतकालिन प्रयोगको लागि अनुमति दिइसकेको छ ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  १ : ४५ बजे

वायु प्रदूषणका कारण स्वास्थ्यसम्बन्धी जोखिम बढ्दो

काठमाडौं – पछिल्लो समय बढ्दै गएको वायु प्रदूषणले बालबालिका तथा

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौं । ठूला पूर्वाधारमा लगान जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई

रौतहटबाट गाँजासहित दम्पत्ति पक्राउ

रौतहट । रौतहटमा अवैध लागूऔषध गाँजासहित एक दम्पत्ति पक्राउ परेका

मुम्बईविरुद्ध दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले मुम्बई

चर्च ब्वाइजले जित्यो भोजपुर गोल्डकपको उपाधि

भोजपुर – भोजपुरमा जारी सातौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रति मेयर भोजपुर