शव व्यवस्थापनमा नयाँ प्रविधि : ‘रोबो भ्यान’ बन्दै « Khabarhub

शव व्यवस्थापनमा नयाँ प्रविधि : ‘रोबो भ्यान’ बन्दै


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्ने नयाँ प्रविधि ‘रोबो भ्यान’को निर्माण भइरहेको छ ।

नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नाष्ट)को आर्थिक सहयोगमा धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु) स्कुल अफ इन्जिनीयरिङका विद्यार्थीले उक्त भ्यान निर्माण गर्न लागेका हुन् ।

गत वर्ष कोरोना सङ्क्रमणबाट मानिसको मृत्युदर उच्च बन्दै गएपछि मानिसले नछोई शव व्यवस्थापन गर्न सकिने रोबो भ्यान निर्माण थालिएको थियो । रिमोटबाट चल्ने सो भ्यानले मृत शरीरलाई अस्पतालको शय्याबाट शव वाहनसम्म तथा शव वाहनबाट जलाउने स्थानसम्म लैजान सहयोग गर्नेछ । विशेषगरी अस्पतालमा मृत्यु भएकाको शव व्यवस्थापन गर्न रोबो भ्यान उपयुक्त हुने जनाइएको छ ।

“गत साल नै शुरु गरिएको रोबो भ्यान थप आर्थिक अभावका कारण रोकिएको थियो, हालै मात्र भ्यान निर्माणका लागि थप रकम आएको छ, हामी निर्माण बाँकी काम शुरु गर्दैछौँ”, भ्यानका डिजाइनर अभिषेक कार्कीले भने । उनका अनुसार गत सालको कात्तिक महिनामै निर्माण सम्पन्न हुने गरी रोबो भ्यानको निर्माण थालिएको थियो । नाष्टको पहिलो किस्ता रु तीन लाख ९५ हजारबाट निर्माण थालिए पनि समयमै दोस्रो किस्ता नआउँदा भ्यान निर्माणको काम रोकिएको थियो ।

रोबो भ्यानमा डिजिटल डिभाइसमार्फत रोबोटले शव राख्ने र निकाल्ने गर्दछ । कार्कीका अनुसार भ्यानको ९० र रोबोटको ७० प्रतिशत निर्माणको काम सकिएको छ । “भ्यान र रोबोटका लागि आवश्यक रकम र सामग्री अभाव नभए अबको एक महिनामा शव व्यवस्थापनको प्रयोगमा ल्याउन सक्छौँ”, कार्कीले भने । भ्यान प्रयोगमा ल्याइएपछि अस्पतालमा शव व्यवस्थापनका लागि पठाइने जनशक्ति कटौती हुने बताइन्छ । – रासस

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ४ : १४ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार