कोरोना विरुद्धको चिनियाँ खोप ‘भेरोसेल’को दोस्रो डोज लगाइँदै | Khabarhub Khabarhub

कोरोना विरुद्धको चिनियाँ खोप ‘भेरोसेल’को दोस्रो डोज लगाइँदै


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोनाविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’को पहिलो डोज लगाएका व्यक्तिलाई सोमबार पनि दोश्रो डोज खोप लगाइएको छ ।

काठमाडौं महानगरपालिका तथा उपत्यकाका विभिन्न स्थानीय तहका वडाहरूमा कोरोना बिरुद्धको दोश्रो डोज लगाइएको हो ।

गत चैत २५ देखि वैशाख १५ सम्म पहिलो डोज लगाएका नागरिकका लागि आइतबारबाट दोस्रो डोज लगाउन थालिएको हो । दोस्रो डोजका खोपका लागि परिचय खुल्ने फोटोसहितको परिचयपत्र तथा पहिलो डोजको खोप लगाएको कार्ड देखाएपछि तोकिएकामध्ये पायक पार्ने खोप केन्द्रमा गएर खोप लगाउन सकिने व्यवस्था गरिएको छ ।

चैत २९ र ३० गते पहिलो खोप लिएकालाई सोमबार खोप दिइएको छ भने २०७८ वैशाख २ गते पहिलो खोप लगाएकालाई जेठ ४ गते दोस्रो मात्राको खोप दिइने बताइएको छ ।

त्यसपछि अन्य दिनमा पहिलो चरणको खोप लगाएकालाई पनि क्रमश दोश्रो खोप दिने भएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ४ : ३२ बजे

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको

अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ

धनगढी । कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।