प्रदेश सरकारले निर्माण गरेका १२ पुलको एकसाथ उद्घाटन | Khabarhub Khabarhub

प्रदेश सरकारले निर्माण गरेका १२ पुलको एकसाथ उद्घाटन


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाग्मती प्रदेश सरकारले निर्माण गरेका साना तथा मझौला १२ पुलको आज उद्घाटन सम्पन्न गरिएको छ ।

गत आर्थिक वर्षबाट निर्माण शुरु भई वैशाख मसान्तसम्म निर्माण सम्पन्न भएका काठमाडौँको तारकेश्वर र टोखा जोड्ने विष्णुमती खोलाको घलेपुल, बूढानीलकण्ठको ९ र १० जोड्ने सुकेधारा धोवीखोला पुल, भक्तपुरको मजुवा खोलापुल, महादेव खोलामा निर्माण भएका दुई पुल, चितवनको दाद्रेनी खोला पुल, भवानीपुर खोला पुल, धादिङको पलङ्खु खोला पुल ढुङ्गे खहरे कल्भर्ट पुल, सिन्धुपाल्चोकको मेलम्ची पुल र याम्बालिङ खोलाको झोलुङ्गे पुलको आज मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका हुन् ।

भिडियो कन्फरेन्समार्फत संयुक्त उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकार निरन्तर काममा रहेको बताए । उनले यसअघि ३२ पुलको उद्घाटन भइसकेको जनाउँदै केही महिनाभित्र अन्य ठूला पुलको निर्माण सम्पन्न हुने जानकारी दिए । पौडेलले विगतमा विकट भनिएका ठाउँमा बाटो र पुल बनाउन प्रदेश सरकार लागिपरेको जानकारी दिए ।

“हामी विकास निर्माणका काममा तल्लीन छौँ, तर अहिले महामारीका कारण हामीले हाम्रो सारा शक्ति कोभिडको महामारीलाई नियन्त्रण गर्नेतर्फ लगाएका छौँ”, पौडेलले भने । महामारी नियन्त्रणमा आएपछि फेरि विकास निर्माणको कामलाई तीव्रता दिने उहाँको भनाइ थियो ।

उद्घाटन कार्यक्रममा आफ्ना भनाइ राख्दै भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले सरकार प्रदेशको आमूल परिवर्तनको दिशामा अगाडि बढेको बताए । “राजनेता प्रधानमन्त्री केपी शर्मा ओलीको सपना र विकासप्रेमी नेता डोरमणि पौडेलको योजनामा प्रदेशलाई विकसित प्रदेशमा रुपान्तरण गर्ने योजनामा हामी अगाडि बढेका छौँ”, उनले भने ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  १० : ०१ बजे

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको

नेपालगञ्जमा ‘लु’बाट जोगाउन घरदैलो अभियान

खजुरा– नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले

माओवादीको संसदीय दलको बैठक सिंहदरबारमा

काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने

काठमाडौं– सरकारले विश्व बैंकबाट उपलब्ध हुने करिब रु १३ अर्ब

स्वास्थ्य संस्था कानुनअनुसार सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियम विपरीत स्वास्थ्य सेवा सञ्चालन