कोरोना संक्रमणबाट नागरिकलाई बचाउन माग गर्दै सर्वोच्चमा रिट | Khabarhub Khabarhub

कोरोना संक्रमणबाट नागरिकलाई बचाउन माग गर्दै सर्वोच्चमा रिट


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतमा कोभिड –१९ को संक्रमणबाट नागरिकलाई बचाउन सरकारले राज्यका सम्पूर्ण स्रोतसाधन लगाउन आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ ।

अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं गृह, अर्थ, कानून, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विपक्षी बनाई आज दायर गरेको निवेदनमा स्वास्थ्य सामग्रीका अभावमा नागरिकको बाँच्न पाउने अधिकारबाट वञ्चित गर्न नमिल्ने माग गरिएको छ ।

निवेदनमा अस्पतालमा खचाखच भरिए पनि वैकल्पिक रुपमा खुला चौर, रंगशाला र होटलको जोहो गरी चिकित्सकीय निगरानीमा बिरामी जाँच्ने व्यवस्था मिलाउन तथा अक्सिजन अत्यधिक कम भएकाले अक्सिजन यथेष्ट आपूर्ति गर्न र खोप लगाउन नपाएकालाई त्यसको व्यवस्था गर्न माग गरिएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ८ : ३० बजे

लखनउमाथि हैदरावाद १० विकेटले विजयी : ऐतिहासिक जितमा बने धेरै रेकर्ड

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि