विपन्नलाई निःशुल्क कोरोना उपचार | Khabarhub Khabarhub

विपन्नलाई निःशुल्क कोरोना उपचार


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना सङ्क्रमित गरीब तथा विपन्न परिवारका लागि लायन्स क्लब अफ काठमाडौँ समर्पणले रविभवनमा ‘जे एण्ड जे कोभिड केयर सेन्टर’ स्थापना गरेर निःशुल्क उपचार थालेको छ ।

क्लबका पूर्व अध्यक्ष सञ्जय सिङ्घानीया, नेपाल सशस्त्र प्रहरी अस्पतालका डाक्टर रोशनकुमार झासहितको टोलीले सो सेवा प्रदान गरेका हुन् । सेन्टरले कोभिड विरामीको रगत परीक्षणको आधारमा बिरामीको अवस्था हेरेर औषधि दिने वा अस्पतालमा भर्ना गर्ने काम गर्दै आएको छ ।

अस्पताल भर्ना हुनुपर्ने बिरामीका लागि नेपाल–भारत मैत्री अस्पताल चावहिलमा अक्सिजनसहित १५ शय्याको आइसोलेसन सेन्टर रहेको क्लबका सदस्य विवेक शर्माले जानकारी दिए । त्यहाँ चिकित्सकसहितको सुविधा उपलब्ध छ ।

सेन्टरमा दैनिक ५० देखि ८० कोरोना सङ्क्रमित बिरामीले सेवा लिइरहेका छन् । क्लबले गतवर्ष कोरोनाको समयमा अक्सिजन बैँक स्थापना बिरामीलाई निःशुल्क वितरण गरेको थियो ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ९ : ०१ बजे

अपाङ्ग तथा ज्येष्ठ नागरिकका लागि घुम्ती शिविर

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अनिल शाहको अर्धशतक

काठमाडौै- अनिल शाहले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक बनाएर असिफ आउट

काठमाडौं– आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन्

‘सरकार ! रूसबाट आफन्त फिर्ता ल्याइदेऊ’

काठमाडौं – सन् २०२२ फेब्रुअरी २४ देखि रूसले छिमेकी युक्रेनमाथि

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ