कतारमा प्रतिबन्ध खुकुलो बनाइँदै, थप १६५  जनामा संक्रमण « Khabarhub

कतारमा प्रतिबन्ध खुकुलो बनाइँदै, थप १६५  जनामा संक्रमण


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कोरोना संक्रमण दोस्रो लहर कम हुँदै गएपछि कतारमा लगाइएका प्रतिबन्ध केही खुकुलो बनाइने भएको छ ।

बुधबार प्रधानमन्त्री तथा गृहमन्त्री शेख खालिद बिन खलीफा बिन अब्दुलाजीज अल थानीको अध्यक्षता बसेको मन्त्रिपरिषद् बैठकले दोस्रो चरणमा प्रतिबन्ध थप खुकुलो बनाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको निर्णय अनुसार शुक्रबारदेखि १२ भन्दा कम उमेरका बालबालिकालाई पनि महल तथा शुकमा प्रवेश अनुमति दिने जनाएको छ । यसैगरी शपिङ महल ५० प्रतिशत र फुट कोर्ट ३० प्रतिशत क्षमतामा खोल्न पाउने तथा विवाहमा अनुमति दिइएको व्यक्तिको संख्या बढाउन पाउने भएका छन् ।

कतारमा पछिल्लो २४ घण्टामा थप १६५ जना नयाँ संक्रमित थपिएका छन्। संगै कतारमा कोरोना सङ्क्रमितको संख्या २ लाख २० हजार १९८ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामै थप १९८ जना संक्रमण मुक्त भएका छन् । योसंगै कतारमा कोरोनाबाट निको हुनेको सङ्ख्या २ लाख १७ हजार ५५० पुगेको भने संक्रमणबाट अहिलेसम्म ५७९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

अहिले कतारमा २ हजार ६९ वटा ‘एक्टिभ’ केस रहेका छन् भने १२९ जना यहाँको विभिन्न अस्पतालहरुमा उपचार गराइरहेका छन् । तीमध्ये ७७ जनाको आईसीयूमा उपचार भैरहेको छ । यो समाचार तयार पार्दासम्म कतारमा २८ लाख ४५ हजार ५८७ जनाले कोरोना बिरुद्धको खोप लगाईसकेका छन् ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  ११ : २० बजे

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

काठमाडौं– किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन

भोटेकोशी बाढीको एघारौं दिन : विद्युत् पूर्वाधार र सुरुङ उद्धार अभियानलाई तीव्र पारियो

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो

खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी

काठमाडौं– सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक एवं प्रमुख सांस्कृतिक पर्व

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन

काठमाडौं– प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित

भक्तपुर पर्यटनको ३२ वर्ष : ५२ लाखभन्दा बढी पर्यटक घुमे

भक्तपुर– भक्तपुरको पर्यटनको इतिहास ३२ वर्ष नाघेको छ । भक्तपुर