चुरे फेदीबाट ९४ थान काठ बरामद | Khabarhub Khabarhub

चुरे फेदीबाट ९४ थान काठ बरामद


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- डिभिजन वन कार्यालय महोत्तरीले दुर्गम पहाडी फेदीबाट ९४ थान साखु (साल) का कडी बरामद गरेको छ ।

जिल्लाको सुदूर उत्तरी चुरे फेदीको महोत्तरी, सर्लाही र सिन्धुलीसहित तीन जिल्लाको सीमा पर्ने बाँके र छोड्के नदीको दोभान नजिक राईदमारबाट सहायक वन अधिकृत मणिराम यादव नेतृत्वको कार्यालयको टोलीले बुधबार सो परिमाणमा साखुका काठ बरामद गरेको हो ।

यति धेरै मात्रामा काठ बरामद चालु आर्थिक वर्षको पहिलो घटना हो । बरामद काठको नाप परिमाण ५२ क्यूफिट (घनफिट) रहेको टोलीमा संलग्न सहायक वन अधिकृत मनोजकुमार ठाकुरले जानकारी दिए ।

सबैतिर कोभिड–१९ सङ्क्रमण छल्न निषेधाज्ञा जारी गरिएको मौका पारेर तस्करले वनक्षेत्रभित्रै काठ चिरान गरिरहेका सूचनाका आधारमा बुधबार कार्यालयले सुरक्षा टिमसहित गरेको तलासीमा काठ बरामद भएको हो ।

बरामद काठ लक्ष्मीनियाँस्थित सवडिभिजन वन कार्यालयमा राखी थप अनुसन्धान बढाइएको डिभिजन प्रमुख विनोदकुमार सिंहले जानकारी दिए । बरामद चिरान गरिएका काठ वनमै चिरेर घना झ्याङभित्र सेउलाले छोपेर राखेको अवस्थामा फेला परेको हो ।

निषेधाज्ञाले सबैतिर आवागमन बन्द भएका बेला वनक्षेत्रमा तस्कर गतिविधि बढेको सूचना पाएपछि कार्यालयले सघन सुरक्षा गस्ती परिचालित गरिएको जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  ११ : ४५ बजे

नक्कली सर्टिफिकेट प्रकरण रास्वपा नेता कँडेल जेल चलान

चितवन – नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ

राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा एकताबद्ध हुन प्रचण्डको आह्वान

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

निःशुल्क आँखा शिविरबाट पाँच सय ६५ जना लाभान्वित

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–१० झलारीमा आज सम्पन्न निःशुल्क आँखा शिविरबाट

जेनजी आन्दोलन : वृद्धा बुवाआमा छाडेर अस्ताए गोपाल

झापा – गत भदौ २४ गते यहाँको अर्जुनधारा नगरपालिका–११ का

जेनजी प्रदर्शनपछि अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन घट्यो

गण्डकी – जेनजी प्रदर्शनपछि पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्रमा