भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु | Khabarhub Khabarhub

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

गएराति करिब ११ बजेको समयमा काठमाडौँबाट भक्तपुर जाँदै गरेको बा७७प ५६०५ नम्बरको मोटरसाइकल मध्यपुर थिमि नगरपालिका-४ चारदोबाटोमा दुर्घटना हुँदा मोटरसाइकल चालक सोलुखुम्बु चौलाखर्कका २७ वर्षीय रमेशकुमार बस्नेतको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका बस्नेतको उपचारका क्रममा बिहीबार बिहान साढे २ बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि बसेकका उदयपुर ताप्लेका २२ वर्षीय लोकेन्द्र मग्राती र सिन्धुलीको तीनपाटनका २५ वर्षीय अमित जैरु घाइते भएका छन् । उनीहरुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भैरहेको छ ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  ११ : ०७ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी