चुम्बन सार्वजनिक गर्न नडराउने यी कलाकार « Khabarhub

चुम्बन सार्वजनिक गर्न नडराउने यी कलाकार


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– बलिउडका फिल्ममा प्रायः अभिनेता र अभिनेत्रीलाई सार्वजनिक स्थानमा आफ्नो प्रेम व्यक्त गरेको देख्न सकिन्छ । तर बलिउडका यस्ता केही कलाकार छन्, जसले वास्तविक जीवनमै आफ्नो पार्टनरसँग सार्वजनिक ठाउँमा ‘चुम्बन’ गरेर प्रेमभाव व्यक्त गरेका छन् ।

बलिउडका ‘नवाब’ सैफ अली खान र करीना कपूर खानको प्रेमकथाबारे जोकोही जानकार छन् । उनीहरु एकापसलाई गहिरो प्रेम गर्छन् भन्ने पनि सबैलाई थाहा छ ।

करीनाको जन्मदिनमा उनलाई चुम्बन गरेर सैफले शुभकामना दिएका थिए । जुन झलक उनले सामाजिक सञ्जालमा राखेका थिए ।

विवाहको केही दिनमा नै अभिनेत्री सोनम कपुरले पति आनन्द आहूजालाई चुम्बन गर्दै गरेको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।

क्रिकेटर हार्दिक पाण्डेय र उनकी पत्नी नताशा प्रायः प्रेमालापका कारण चर्चामा आउछन् । नताशालाई हार्दिकले घुँडा टेकेर प्रेम प्रस्ताव राख्दा नताशाले चुम्बन गरेर प्रेम स्वीकारेकी थिइन् ।

अभिनेत्री विपाशा बसु र अभिनेता करण सिंह ग्रोवरको प्रेम पनि कतै लुकेको छैन । उनीहरु प्राय सार्वजनिक स्थानमा चुम्बन गरेका तस्वीरहरु सामाजिक सञ्जालमा पोस्ट गरिरहन्छन् ।

अभिनेत्री सनी लियोनी र पनि डेनियल वेबरको प्रेम पनि कमको छैन । उनीहरु प्रायः रोमान्टिक फ्लेभरका तस्वीर सामाजिक सञ्जालमा राखिरहन्छन् ।

अभिनेता रणवीर सिंह र उनकी अभिनेत्री पत्नी दीपिकाको प्रेम पनि लुकेको छैन । सन् २०१९ मा रणवीरले दीपिकाको हातबाट अवार्ड लिँदा रणवीरले घुँडा टेकेर ‘धन्यवाद’ व्यक्त गरेका थिए । त्यही समयमा दीपिकाले रणवीरको ओठमा चुम्बन गरेकी थिइन् ।

अभिनेत्री प्रियंका चोपडाले पनि निक जोनाससँग क्रिश्चियन शैलीमा विवाह गर्दा उनलाई चुम्बन गरेकी थिइन् । अभिनेता आमिर खानले आफ्नो जन्मदिनमा मिडियामाझ केक काटे र पत्नी किरण रावलाई चुम्बन गरेका थिए ।

अभिनेता शाहिद कपूर पनि पत्नी मिरा राजपूतलाई चुम्बन गर्दै गरेका तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरिरहन्छन् ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  ११ : ३० बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी