नेपाली श्रमिक रहेका मुलुकमा फेरि हवाई उडान सञ्चालन हुने « Khabarhub

नेपाली श्रमिक रहेका मुलुकमा फेरि हवाई उडान सञ्चालन हुने


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले नेपाली श्रमिक अधिक सङ्ख्यामा रहेका मुलुकमा हवाई उडान पुनः सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री एवं कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी)का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार अबेर राति भएको बैठकले टर्की, कतार, साउदी अरेबिया, युएई, जापान र मलेशियाका लागि हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त बैठकले उपयुक्त मुलुकमा सातामा दुई हजार यात्रुभन्दा नबढ्ने गरी उडान सञ्चालन गर्ने निर्णय गरेको छ । सिसीएमसीको उक्त निर्णय मन्त्रिपरिषद्बाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रवक्ता तारानाथ अधिकारीले सिसीएमसीले सिफारिश गरेको निर्णय मन्त्रिपरिषद्ले पारित गरेपछि मन्त्रालयमा लिखितरूपमा आएर कार्यान्वयनमा जाने जानकारी दिए ।

त्यसैगरी बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटल क्वारेन्टिनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ । कूल १५ दिन बस्नुपर्ने क्वारेन्टिनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्ने पनि निर्णय भएको छ ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  १२ : ३० बजे

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ

कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

काठमाडौँ– नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको

तीन दिनसम्म वर्षाको सम्भावना, लगातार झरी नपर्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले तीन दिनसम्म वर्षाको सम्भावना

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने