सुनचाँदी पसलमा डाका समूहले आक्रमण गर्दा पाँच जना घाइते « Khabarhub

सुनचाँदी पसलमा डाका समूहले आक्रमण गर्दा पाँच जना घाइते


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– महोत्तरीमा सुनचाँदी पसलमा डकैती भएको छ । बुधबार राति सम्सी गाउँपालिका १ पर्साका विरेन्द्र साहको ज्वेलर्समा डाका समुहले डकैती गरेका छन् ।

करिब १० जनाको संख्यामा आएका डाकाको समूहले लुटपाटसहित आक्रमण गरेको हो । डाका समुहको आक्रमणबाट पाँचजना घाइते भएका छन् ।

डाका समूहबाट प्रहार भएको गोली लागेर पसल सञ्चालक ५० वर्षीय विरेन्द्र साह गम्भीर घाइते भएका छन् । उनको ढाडमा गोली लागेको छ । उनको जनकपुरमा उपचार सम्भव नभएपछि थप उपचारको लागि धरान रेफर गरिएको छ ।

त्यस्तै साहकी श्रीमती ४५ वर्षीया शुशीलादेवी साह, छोरा २५ वर्षीय शम्भु साह, छोरी २० वर्षीया कंचनकुमारी साह र १७ वर्षीय छोरा राजीव साह घाइते भएका छन् ।

उनीहरुको उपचार जनकपुरस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ । साहले आफ्नै घरमा सुनचाँदी पसल संचालन गर्दै आएका थिए । पसलमा मध्यराति लुटपाट भएको हो । घरको पछाडीबाट पर्खाल नाघेर पसलभित्र प्रवेश गरेका डाकाहरुले कटुवा पेस्तोलसहित फलामको रड प्रयोग गरेर आक्रमण र लुटपाट गरेका पीडित परिवारले बताएका छन् ।

डाकाहरुले २ लाख ३२ हजार मूल्य बराबरको १७२ तोला चाँदी, ४ लाख ६५ हजार मूल्य पर्ने पाँच तोला सुन र नगद २ लाख गरी झण्डै १० लाख रुपैयाँ बराबरको धनमाल लुटेर लगेका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  १ : ४५ बजे

आज २०८३ साल भदौ ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण