बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न मनाङ पुगे गण्डकीका मुख्यमन्त्री  « Khabarhub

बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न मनाङ पुगे गण्डकीका मुख्यमन्त्री 


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल बाढीले पुर्‍याएको क्षतिको अवलोकन गर्न आज मनाङ पुगेका छन् ।

मनाङका विभिन्न ठाउँमा बाढीपहिरोले पुर्‍याएको क्षतिको अवलोकन गर्न मुख्यमन्त्रीसहितको टोली हेलिकोप्टरबाट मनाङ् गएको हो । प्रदेश सरकारका प्रवक्ता खड्कासहित मुख्यमन्त्री पोखरेल मनाङ पुगेका छन् ।

बाढीपहिरोले गण्डकी प्रदेशको मनाङ्मा सबैभन्दा बढी क्षति पुर्‍याएको छ । बाढीपहिरोले मनाङ जिल्लाको चामे, नासो र ङिस्याङ गाउँपालिकामा ठूलो क्षति पुर्‍याएको छ ।

बाढीपहिरोका कारण जिल्लाका तीन स्थानीय तहका २ सय घरका एक हजार भन्दा बढी नागरिक विस्थापित भएका छन् । बाढीले अस्थायी प्रहरी चौकीसहित सरकारी कार्यालयहरु र बैंक रहेको भवनहरुसमेत बगाएको छ ।

मनाङ पुगेर मुख्यमन्त्री पोखरेलले प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेसँग छलफल गरी बाढीपहिरो प्रभावित क्षेत्र पुगेका छन् ।

यसैबीच, गण्डकी प्रदेश सरकारले प्रदेशस्तरीय विपद् कोषमा तत्कालका लागि ५ करोड रुपैयाँ राख्ने निर्णय गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलको अध्यक्षतामा आज बिहान बसेको प्रदेशस्तरीय विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले ५ करोड रुपैयाँ कोषमा राख्ने निर्णय गरेको हो ।

साथै बैठकले मुख्यमन्त्री पोखरेलले सुरक्षा निकायलाई उद्धार तथा सहयोगमा जुट्न निर्देशन दिएको छ ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  ६ : ०२ बजे

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

काठमाडौं– किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन

भोटेकोशी बाढीको एघारौं दिन : विद्युत् पूर्वाधार र सुरुङ उद्धार अभियानलाई तीव्र पारियो

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो

खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी

काठमाडौं– सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक एवं प्रमुख सांस्कृतिक पर्व

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन

काठमाडौं– प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित