शेयर बजारमा १.३ अंकको गिरावट, १० अर्ब ९० करोडको कारोबार « Khabarhub

शेयर बजारमा १.३ अंकको गिरावट, १० अर्ब ९० करोडको कारोबार


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको अन्तिम दिन बिहीबार शेयर बजार परिसूचक नेप्सेमा झिनो अंकको गिरावट आएको छ । बुधबार ५२ अंकले घटेको नेप्से परिसूचक बिहीबार भने १.३ अंकले घटेर २ हजार ९ सय ६८ दशमल ४२ अंकमा झरेको छ ।

विहीबार सेन्सेटिभ परिसूचक पनि ०.५८ अंकले घटेर ५४१.१२ बिन्दुमा झरेको छ ।

बिहीबार कारोबार रकम पनि अघिल्लो दिनभन्दा कम भएको छ । बुधबार २१९ वटा कम्पनीको २ करोड ८२ लाख ८९ हजार १२८ कित्ता सेयर १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार ३१९ रुपैयाँमा खरिद-बिक्री भएको बजारमा बिहीबार भने २२३ कम्पनीको २ करोड ३ लाख ६५ हजार ६९९ कित्ता सेयर कुल १० अर्ब ९० करोड ४९ लाख ५८ हजार ९३५ रुपैयाँमा खरिद-बिक्री भएको छ ।

विहीबार विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २.०४ प्रतिशत बढेको छ । त्यसैगरी वित्त उपसमूहको परिसूचक यस दिन १.४२ प्रतिशत बढेको छ भने अन्य उपसमूहको परिसूचक १.१७ प्रतिशत बढेको छ । त्यसैगरी आज लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक १.१९ प्रतिशत घटेको छ ।

 

 

 

 

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  ५ : ३५ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन