सचिवालयले भन्यो- ‘झलनाथ खनालको स्वास्थ्य अवस्था जटिल छैन’ « Khabarhub

सचिवालयले भन्यो- ‘झलनाथ खनालको स्वास्थ्य अवस्था जटिल छैन’


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था पूर्ण जटिल नभएको सचिवालयले स्पष्ट पारेको छ ।

सामाजिक सञ्जाल लगायतमा नेता खनालको स्वास्थ्य अवस्था जटिल रहेको भन्ने टिकाटिप्पणी बाहिर आएपछि सचिवालयले खनालको स्वास्थ्य अवस्था पूर्ण जटिल नरहेको स्पष्ट पारेको हो ।

नेता खनालको सचिवालयका सदस्य कृष्ण भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्- ‘पूर्वप्रधानमन्त्री झलनाथ खनालज्यूलाई ज्वरो आएको कारण गत सोमबार नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना गरिएको थियो। अस्पतालमा भर्ना गरिए पश्चात डाक्टरहरुको निरन्तर प्रयासको बावजुत पनि ज्वरो नियन्त्रण हुन नसकेपछि हिजो नै वँहालाई नेपाल एयरलाइन्सको हवाइजहाजबाट दिल्ली लगि अपोलो अस्पतालमा भर्ना गरिएको छ। हिजो बाट नै वहाँलाई उपचार थालिएको छ। बाहिर सञ्चारका माध्यममा आएजस्तो स्वास्थ्यमा पूर्ण जटिलताको अवस्था भने नभएको सबैलाई जानकारी गराउदछौं। यसैबीच उहाँको स्वास्थ्यप्रति चासो राखेर स्वास्थ्यलाभको कामना गर्नुहुने सम्पुर्ण शुभेच्छुक र शुभचिन्तकहरुमा सचिवालयको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछौँ।’

स्वास्थमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना भएका उनलाई हिजो थप उपचारका लागि दिल्ली लगिएको हो ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  ९ : ०१ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै