सचिवालयले भन्यो- ‘झलनाथ खनालको स्वास्थ्य अवस्था जटिल छैन’ « Khabarhub

सचिवालयले भन्यो- ‘झलनाथ खनालको स्वास्थ्य अवस्था जटिल छैन’


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था पूर्ण जटिल नभएको सचिवालयले स्पष्ट पारेको छ ।

सामाजिक सञ्जाल लगायतमा नेता खनालको स्वास्थ्य अवस्था जटिल रहेको भन्ने टिकाटिप्पणी बाहिर आएपछि सचिवालयले खनालको स्वास्थ्य अवस्था पूर्ण जटिल नरहेको स्पष्ट पारेको हो ।

नेता खनालको सचिवालयका सदस्य कृष्ण भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्- ‘पूर्वप्रधानमन्त्री झलनाथ खनालज्यूलाई ज्वरो आएको कारण गत सोमबार नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना गरिएको थियो। अस्पतालमा भर्ना गरिए पश्चात डाक्टरहरुको निरन्तर प्रयासको बावजुत पनि ज्वरो नियन्त्रण हुन नसकेपछि हिजो नै वँहालाई नेपाल एयरलाइन्सको हवाइजहाजबाट दिल्ली लगि अपोलो अस्पतालमा भर्ना गरिएको छ। हिजो बाट नै वहाँलाई उपचार थालिएको छ। बाहिर सञ्चारका माध्यममा आएजस्तो स्वास्थ्यमा पूर्ण जटिलताको अवस्था भने नभएको सबैलाई जानकारी गराउदछौं। यसैबीच उहाँको स्वास्थ्यप्रति चासो राखेर स्वास्थ्यलाभको कामना गर्नुहुने सम्पुर्ण शुभेच्छुक र शुभचिन्तकहरुमा सचिवालयको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछौँ।’

स्वास्थमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना भएका उनलाई हिजो थप उपचारका लागि दिल्ली लगिएको हो ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  ९ : ०१ बजे

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र