आयरल्याण्डविरूद्धको अन्तिम एकदिवसीयमा दक्षिण अफ्रिका विजयी « Khabarhub

आयरल्याण्डविरूद्धको अन्तिम एकदिवसीयमा दक्षिण अफ्रिका विजयी


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आयरल्याण्डविरूद्धको अन्तिम एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिका विजयी भएको छ ।

डुब्लीनमा शुक्रबार राति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले आयरल्याण्डलाई ७० रनले हराएको हो ।

दक्षिण अफ्रीकाले दिएको ३ सय ४७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आयरल्याण्ड ४७ ओभर १ बलमा अलआउट हुँदै २ सय ७६ रनमा समेटियो ।

आयरल्याण्डका लागि सिमि सिंहले अविजित रहदै १०० रनको शतकीय इनिङ्स खेले पनि टोलीलाई जिताउन सकेनन् ।

दक्षिण अफ्रिकाका एडिले र ताब्रेज शाम्सीले ३/३ विकेट लिए । केशब महाराजले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ४६ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि जान्नेमन मालनले अविजित रहदै १ सय ७७ रनको शतकीय इनिङ्स खेले । यस्तै क्विन्टन डी ककले १ सय २० रनको शतकीय इनिङ्स खेले ।

दक्षिण अफ्रीकाको जितसँगै तीन खेलको सिरिज १-१ को बराबरीमा सकिएको छ । पहिलो खेल रद्द भएको थियो ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ६ : ४० बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब