प्रदेश २ सरकारमा माओवादीबाट दुई मन्त्रीले लिए सपथ « Khabarhub

प्रदेश २ सरकारमा माओवादीबाट दुई मन्त्रीले लिए सपथ


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधामा– प्रदेश २ सरकारमा नेकपा माओवादी केन्द्रबाट दुईजना मन्त्रीले सपथ लिएका छन् ।

शनिबार प्रदेश प्रमुख डा. राजेश झा (अहिराज) ले भरत साहलाई आन्तरिक मामिला तथा सञ्चार मन्त्रीमा र मुख्यमन्त्री लालबाबु राउतले रुवी कर्णलाई राज्यमन्त्री पदमा सपथ खुवाएका हुन् ।

साह महोत्तरी क्षेत्र नम्बर १ (१) बाट निर्वाचित सांसद हुन् । त्यस्तै कर्ण सप्तरीबाट समानुपातिक सांसद हुन् । दुवै मन्त्रीले सपथ मातृ भाषामा गर्ने इच्छा व्यक्त गरे पनि कानुनी जटिलताका कारण नेपाली भाषामै सपथ ग्रहण गराइएको थियो ।

माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन सत्तारुढ दलकै दुईजना मन्त्रीको राजीनामा आजै मुख्यमन्त्री राउतले स्वीकृत गरेका थिए । मुख्यमन्त्री राउत समक्ष आन्तिरक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवहाले शुक्रबार राजीनामा बुझाएका थिए ।

जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्ठ ठाकुर पक्षका भौतिक पूर्वाधार विकास मन्त्री र तीन राज्यमन्त्रीलाई बर्खास्त गरेर गत जेठ २६ मा कांग्रेसलाई सरकारमा सहभागी गराएको थिए । सोही दिन माओवादीलाई पनि सहभागी गराउने कसरत गरिएको थियो । तर मन्त्रालय बाँडफडमा कुरा नमिलेपछि सरकारमा सहभागी भएको थिएन ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ४ : ५२ बजे

मोहम्मद सालाह टर्की जाने तयारीमा

काठमाडौँ – लिभरपुलका पूर्वविङ्गर मोहम्मद सालाह फ्रि ट्रान्सफरमा टर्किस क्लब

नागढुंगा–सिस्ने खोला सुरुङमार्ग : शिलान्यासदेखि उद्घाटनको तयारीसम्म (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्ने खोला सुरुङ

विश्वकपमा चम्किएका केप भर्डेका गोलकिपर भोजिन्हा चिलीको क्लबमा अनुबन्‍ध

काठमाडौँ – फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा

ढिस्कोले पुरिएर एक किशोरको मत्यु

दाङ– दाङको राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको

बैतडी ट्राफिक प्रहरीले संकलन गर्‍याे १२ लाख ९८ हजार राजस्व

सुदूरपश्चिम– बैतडी ट्राफिक प्रहरीले एक हजार ५०८ जना सवारी नियम