अत्यधिक वर्षाको कारण युरोपमा बाढी, १५३ जनाको मृत्यु « Khabarhub

अत्यधिक वर्षाको कारण युरोपमा बाढी, १५३ जनाको मृत्यु


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अत्यधिक वर्षाका कारण आएको भीषण बाढीमा परी जर्मनी १३३ जनाको मृत्यु भएको छ ।

योसँगै बाढीमा परी युरोप कुल १५३ जनाको मृत्यु भएको जनाइएको छ । स्थानीय अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार सबै भन्दा धेरै क्षति जर्मनीमा भएको छ । यस्तै, बेल्जियममा कम्तीमा २० जनाको मृत्यु भएको छ भने हराइरहेका मानिसहरूको अझ सङ्ख्या बढी रहेको बताइएको छ ।

जर्मनीको वेस्ट फेलिया प्रान्तका नर्थ राइने बाढीको सबैभन्दा बढी प्रभाव परेको बताइएको छ । यस प्रकोपबाट त्यहाँ ९० व्यक्तिको मृत्यु भएको छ । त्यस क्षेत्रमा यसअघि नै ४३ व्यक्तिको मृत्यु भएको राज्यका अधिकारीहरुले जानकारी दिएका थिए ।

नर्थ राइन वेस्ट फेलियाका प्रमुख आर्मिन लशेटले अति प्रभावित क्षेत्रमा पुगेका बेला मौसमको पराकाष्ठाको निम्ति जलवायु परिवर्तनलाई दोष दिएका छन् । (रासस/एएफपी)

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ८ : ४५ बजे

ट्रम्प प्योङयाङसँग वार्ताका लागि इच्छुक : दक्षिण कोरियाली राष्ट्रपति

सियोल- दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

‘जलवायु संकटको जोखिम न्यूनीकरण गर्न बहुपक्षीय सहकार्य आवश्यक’

काठमाडौं- सरोकारवालाहरुले जलवायु संकटको जोखिम न्यूनीकरण गर्न बहुपक्षीय सहकार्यमा जोड

काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

बनेपा– जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ । जिल्लास्थित

१४औँ कार्यसमितिले नै नियमित प्रक्रियाबाट १५औँ महाधिवेशन गर्छ : प्रकाशमान सिंह

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता प्रकाशमान सिंहले १४

रुसी संसदीय निर्वाचनका लागि मतदान सुरु

मस्को- रुसमा ४५० सदस्यीय तल्लो सदन ‘स्टेट डुमा’ चयनका लागि शुक्रबारदेखि