अत्यधिक वर्षाको कारण युरोपमा बाढी, १५३ जनाको मृत्यु | Khabarhub Khabarhub

अत्यधिक वर्षाको कारण युरोपमा बाढी, १५३ जनाको मृत्यु


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अत्यधिक वर्षाका कारण आएको भीषण बाढीमा परी जर्मनी १३३ जनाको मृत्यु भएको छ ।

योसँगै बाढीमा परी युरोप कुल १५३ जनाको मृत्यु भएको जनाइएको छ । स्थानीय अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार सबै भन्दा धेरै क्षति जर्मनीमा भएको छ । यस्तै, बेल्जियममा कम्तीमा २० जनाको मृत्यु भएको छ भने हराइरहेका मानिसहरूको अझ सङ्ख्या बढी रहेको बताइएको छ ।

जर्मनीको वेस्ट फेलिया प्रान्तका नर्थ राइने बाढीको सबैभन्दा बढी प्रभाव परेको बताइएको छ । यस प्रकोपबाट त्यहाँ ९० व्यक्तिको मृत्यु भएको छ । त्यस क्षेत्रमा यसअघि नै ४३ व्यक्तिको मृत्यु भएको राज्यका अधिकारीहरुले जानकारी दिएका थिए ।

नर्थ राइन वेस्ट फेलियाका प्रमुख आर्मिन लशेटले अति प्रभावित क्षेत्रमा पुगेका बेला मौसमको पराकाष्ठाको निम्ति जलवायु परिवर्तनलाई दोष दिएका छन् । (रासस/एएफपी)

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ८ : ४५ बजे

पृथकतावादी नेता निज्जरको हत्या आरोपमा तीन भारतीय पक्राउ

काठमाडौं– क्यानडा प्रहरीले एक सिख पृथकतावादी नेताको हत्यामा संलग्न तीन

सुर्ती सेवन नियन्त्रण अभियान सञ्चालन

भक्तपुर– भक्तपुरमा स्वास्थ्य अधिकार तथा सुर्ती सेवान नियन्त्रण अभियान सञ्चालन

निःशुल्क लोकसेवा तयारीका लागि काठमाडौं महानगरको आवेदन आह्वान

काठमाडौं– काठमाडौं महानगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालनका लागि आवेदन आह्वान

गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा

मनिस अर्याल/नेपाल फोटो लाइब्रेरी काठमाडौं – वैशाखको चर्को घाम, सायद

आईपीएल : आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलुरु