स्थानीय तह सक्षम भए मात्रै सङ्घीयताको अनुभूति हुन्छ : ओली « Khabarhub

स्थानीय तह सक्षम भए मात्रै सङ्घीयताको अनुभूति हुन्छ : ओली


४ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहलाई सक्षम र सबल बनाउन सके मात्रै जनताले सङ्घीयताको वास्तविक अनुभूति गर्न पाउने बताएका छन् ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित एमालेका स्थानीय तहका जनप्रतिनिधिको भेलालाई सम्बोधन गर्दै उनले स्थानीय तहको सबलीकरणले विकास निर्माणका कामलाई गति दिने बताए।

अध्यक्ष ओलीले स्थानीय तहलाई स्वायत्त बनाउनुपर्नेमा जोड दिँदै कार्यकारी, विधायिकी र न्यायिक अधिकारसमेत प्रदान गर्नुपर्ने धारणा राखे। स्थानीय तहको अधिकार र क्षमता बढाउँदा देशलाई कुनै हानि नहुने उनको भनाइ थियो ।

कार्यक्रममा एमाले महासचिव शङ्कर पोखरेलले जनप्रतिनिधिलाई जनताको आलोचना गर्नेभन्दा विश्वास जित्ने गरी काम गर्न आग्रह गरे। निर्वाचनका बेला जनतासँग देखाएको विनम्रता निर्वाचित भएपछि पनि कायम राख्नुपर्ने उनले बताए।

जनप्रतिनिधिले जनअपेक्षाअनुसार काम गरे वा नगरेको मूल्याङ्कन आगामी निर्वाचनबाट हुने उल्लेख गर्दै महासचिव पोखरेलले एमालेका जनप्रतिनिधिलाई सुशासनको नेतृत्व गर्न आग्रह गरे।

भेलामा देशभरबाट एमालेका तर्फबाट निर्वाचित स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षको सहभागिता रहेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार  ५ : ३९ बजे

संविधानको मर्म बमोजिम स्थानीय तह र प्रदेशसभाको निर्वाचन हुन्छ : आयोग

काठमाडौँ–  निर्वाचन आयोगले संविधान र कानुनको मर्म बमोजिम स्थानीय तह

स्थानीय तह सक्षम भए मात्रै सङ्घीयताको अनुभूति हुन्छ : ओली

काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहलाई सक्षम र

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस

भारत ‘ए’ को १ सय रन पूरा

काठमाडौं- एसीसी एसिया कप राइजिङ स्टारमा अहिले नेपाल र भारत

सामन्था र राजको घरमा नयाँ सदस्यको आगमन, छोराको नाम राखे ‘देव’

एजेन्सी – दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभुको जीवनमा नयाँ खुसी