अफगानिस्तानबाट अमेरिकाले उद्धार गरेका १२७ नेपाली काठमाडौँमा « Khabarhub

अफगानिस्तानबाट अमेरिकाले उद्धार गरेका १२७ नेपाली काठमाडौँमा


१ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाले अफगानिस्तानबाट उद्धार गरेका १ सय २७ नेपाली काठमाडौँ आइपुगेका छन् ।

अमेरिकी चार्टर बिहानमा उनीहरू मंगलबार बिहान १०:१५ बजे त्रिभुवन विमानस्थल आइपुगेको नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३८५ नेपालीलाई अमेरिकाले त्यहाँबाट उद्धार गरी कतारको दोहा पुर्‍याएकोमा  १२७ जना नेपाल आइपुगेका हुन् ।

नेपाल फर्कन २ हजार हाराहारी नेपाली उद्धारको पर्खाइमा रहेको बताइरहँदा सरकारीस्तरबाट उद्धारका लागि १ सय ३४ नेपालीले मात्रै स्वदेश फिर्तीका लागि आफ्नो विवरण टिपाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कन्सुलर सेवा विभागको वेबपोर्टलमा आइतबार बेलुकासम्म १ सय ३४ जना नेपालीले आफ्नो विवरण दर्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरुलाई एक/दुई दिनमै स्वदेश फर्काउने तयारी छ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  १० : ४१ बजे

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको