‘सुपर डान्सर ४’मा फर्किइन् शिल्पा | Khabarhub Khabarhub

‘सुपर डान्सर ४’मा फर्किइन् शिल्पा


१ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(आजतक)– गत जुलाई १९ मा पति राज कुन्द्रा पोर्नोग्राफी मुद्धामा पक्राउ परेपछि अभिनेत्री शिल्पा शेट्टीले डान्स रियालिटी शो ‘सुपर डान्सर ४’को सेटबाट ब्रेक लिएकी थिइन् । यो बीचमा शोमा शिल्पाको स्थानमा कैयौं अन्य सेलिब्रेटीले उनको कमी पुरा गरे । अहिले भने शिल्पा ३ हप्तापछि शोमा फर्किएकी छन् ।

शिल्पाले सन् २०१६ देखि नै शोमा निर्णायकको भूमिका निर्वाह गरिरहेकी छन् । त्यहीकारण निर्माताहरु शोमा शिल्पाको पुनरागमन पर्खिरहेका थिए ।

‘पति पोर्न मुद्धामा परेपछि शिल्पाका लागि शोमा फर्किनु निकै जोखिमपूर्ण काम थियो । तर उनले हिम्मत हारिनन् । शोमा शिल्पा फर्किएपछि निर्माता खुशी छन्’, शो निकट स्रोतले भन्यो । शोमा शिल्पासहित अनुराग बसु र गीता कपूर निर्णायक छन् ।

शिल्पाको अनुपस्थितिमा शोमा संगीता बिजलानी, ज्याकी श्राफ, टेरेन्स लुइस, सोनाली बेन्द्रे, मौसमी चटर्जी र करिश्मा कपुर अतिथि बनेर पुगेका थिए । ‘सुपर डान्सर ४’को आगामी भागमा ‘इण्डियन आइडल’का विजेताहरुले विशेष प्रस्तुति दिनेछन् ।

राज पोर्नोग्राफी मुद्धामा न्यायिक हिरासतमा छन् । राजमाथि आरोप लागेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले शिल्पालाई पनि ट्रोल बनाएका थिए । शिल्पाले क्राइम ब्राञ्चलाई दिएको बयानमा आफ्नो राजको कम्पनीसँग कुनै लेनदेन नभएको बताएकी थिइन् ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  १ : ५५ बजे

भात नै पोखिएपछि माडको के आस ?

गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज