आकाशे पानीका भरमा रोपाइँ « Khabarhub

आकाशे पानीका भरमा रोपाइँ


१ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा– आकाशे पानीको भर पर्नुपर्ने जिल्लाका अधिकांश किसानले यस वर्षको धान रोपाइँ ढिला सकाएका छन् ।

मूल फुट्नेगरी समयमै पानी नपरेको र सिँचाइको सुविधा नभएका स्थानमा साउनको अन्तसम्ममा आकाशे पानी सङ्कलन गरेर रोपाइँ गरिएको हो ।

जिल्लामा कूल चार हजार ४०३ हेक्टर जमिनमा धानखेती हुने गरेको छ । कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष समयमै पानी नपर्नु र सबैतिर सिँचाइको सुविधा नहुँदा रोपाइँमा ढिलाइ भएको हो । ढिलो गरी रोपिएको धानबाट सोचेजस्तो उब्जनी नहुने केन्द्रका बाली विज्ञान संरक्षण अधिकृत गणेश अधिकारी खत्रीको भनाइ छ ।

धेरै धान रोपाइँ सिद्धिचरण नगरपालिकामा २१ प्रतिशत (९३२ हेक्टर) जमिनमा भएको छ भने सबैभन्दा कम खिजीदेम्बा गाउँपालिकामा चार दशमलव२९ प्रतिशत(१८९ हेक्टर) जमिनमा भएको छ ।

चिसङ्खुगढी गाउँपालिकाको ६८८ हेक्टर, मानेभञ्ज्याङको ३८६, मोलुङको ५९६, सुनकोशीको ५०८, चम्पादेवीको ५३८ र लिखुको ५६६ हेक्टर जमिनमा रोपाइँ भएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ३ : ०८ बजे

निर्वाचन ४४ दिन बाँकीः उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य, अरु के के चाहिन्छ ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रतिनिधिसभा निर्वाचन: देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ