नेपाल-चीन सीमा अनुगमन टोली हिल्सा पुग्यो « Khabarhub

नेपाल-चीन सीमा अनुगमन टोली हिल्सा पुग्यो


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल–चीन सीमा अध्ययन गर्न गृह मन्त्रालयको टोली लिमी लाप्चा क्षेत्रमा रहेका सीमास्तम्भको अध्ययन गरेर हिल्सा पुगेको छ ।

सदरमुकाम सिमकोटबाट लाप्चासम्म गाडीमा पुगेको टोली चार दिन पैदल हिँडेर झण्डै पाँच हजार मिटरको उचाइमा रहेको हिल्सा पुगेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।

नाम्खा गाउँपालिका–६ लिमी लाप्चामा रहेको १२ नम्बर स्तम्भको अध्ययन गरेर उक्त टोली हिल्सा पुगेको हो । मन्त्रालयका सहसचिव जयप्रसाद आचार्यको संयोजकत्वमा रहेको सीमा अध्ययन समितिका सदस्य र नाम्खा–६ का स्थानीयवासी लिमी लाप्चा पुगेर अध्ययनपछि हिल्सामा रहेको सीमास्तम्भको अध्ययनका लागि त्यहाँ पुगेका हुन् ।

टोलीमा संयोजक आचार्यसँगै सदस्य उमेशराज जोशी, किशोर श्रेष्ठ, प्रदीपकुमार पाल, सुशील डङ्गोल, दयानन्द जोशी र कपिल कटुवाल रहेका छन् ।

नाम्खाको किटखोलामा रहेको ५ नम्बर सीमास्तम्भको अध्ययन गर्न टोली हिल्सातर्फ गएको छ । नाम्खाको वडा नं. ६ लिमीका तीन गाउँ जाङ, तिल, हल्जीबाट प्रतिनिधित्व गरेर स्थानीयवासी टोली पनि लिमी लाप्चाको १२ नम्बर सीमास्तम्भमा पुगेका थिए ।

मन्त्रालयको उक्त टोलीले भदौ २७ गते सिमकोटबाट लाप्चातर्फ प्रस्थान गरेको थियो । हुम्लामा पर्ने नेपाल–चीन सीमाका १५वटै स्तम्भको अध्ययन गर्ने गरी काम थालिएको टोलीका संयोजक एवं गृह मन्त्रालयका सहसचिव आचार्यले बताए ।

यो पनि पढौँ

भिडियो प्रमाण : ​चीनले यसरी मिचेको छ हुम्लामा नेपाली भूमि 

चीनले सीमा मिचेको अध्ययन गर्न सरकारी टोली हुम्लाको लाप्चा पुग्यो

नेपाल-चीन सीमा विवाद अध्ययन गर्न समिति गठन गरेसँगै चीन रुष्ट 

चीनसँगको सीमा विवाद अध्ययनका लागि समिति गठन (भिडियोसहित)

हुम्लामा चीनले नेपाली भूमि मिचेको शाही टोलीको ठहर 

हुम्लामा चीनले सीमा मिचेकै हो 

हुम्लामा चीनले सीमा मिचेकोबारे छानविन गर्न सरकारलाई आग्रह 

नेपाली भूमि नमिचेको प्रमाण पेश गर्न चीनलाई कांग्रेस नेता शाहीको चुनौती 

भूमि अतिक्रमणलाई छाँयामा पार्न चिनियाँ मुखपत्र लागि पर्‍यो- कांग्रेस नेता शाही 

नेपाल–चीन सीमा विवादबारे चिनियाँ मुखपत्रले भन्यो: झूठो खबर फैलाउन नेपाली कांग्रेस र भारतीय मिडिया जिम्मेवार 

हुम्लामा नेपाली भूमि मिचिएकोबारे सरकार मौन बस्नु् राष्ट्रघात : कांग्रेस 

हुम्लामा चीनले नेपाली भूमि मिचेको कुराले मेरो ज्यानमाथि नै थ्रेट छ 

हुम्लामा नेपाली भूमि मिचिएको छैन भन्न सरकारलाई किन यति हतार ? 

चिनियाँ अतिक्रमण रोक्न कर्णालीवासी एकजुट बनौं : कांग्रेस

नेपाली भूमि मिचेको भन्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  १० : ३५ बजे

वन उद्यममा जोडिँदै नवलपुरका महिला

नवलपरासी– वनमा खेर जाने वन पैदावारको सदुपयोग गर्दै नवलपुरका महिलाले

ट्राफिक कारबाहीमा एकै दिन २० लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार सवारी चालकलाई सवारी

सरकारका १०० दिन : सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा

काठमाडौँ– सरकारले सुरक्षा सङ्गठनको सुदृढीकरण गर्दै आन्तरिक सुरक्षालाई मबजुत बनाउने

घानालाई १–० गोलले हराउँदै कोलम्बिया अन्तिम १६ मा

काठमाडौँ– फिफा विश्वकप फुटबलमा कोलम्बिया अन्तिम १६ मा प्रवेश गरेको

दुई पालिका जोड्ने निर्माणाधीन पुललाई दुई करोड बजेट

तनहुँ– तनहुँका दुई पालिका जोड्ने निर्माणाधीन मोटरवेल पुलका लागि गण्डकी