एएफसी महिला एसियन कप : खेलाडीको नियमित कोरोना परीक्षण « Khabarhub

एएफसी महिला एसियन कप : खेलाडीको नियमित कोरोना परीक्षण


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एएफसी महिला एसियन कप छनोट खेलमा सहभागी टोलीका सदस्यहरूको नियमित पीसीआर परीक्षणको प्रावधान गरिएको छ । यस्तै औपचारिक बैठक, आवतजावतका क्रियाकलापलाई न्यूनीकरण गरिएको छ । अभ्यास समय र खेलका दिनबाहेक कुनै पनि टोलीलाई होटेलको हाता बाहिर जान दिइएको छैन ।

टोलीका अफिसियलहरूका बैठक तथा प्रेससँगको भेटघाटलाई पनि सकेसम्म भर्चुअल आयोजना गरिएका छन् ।

बिहीबार प्रि–म्याच कन्फरेन्समा सहभागी टोलीका मुख्य प्रशिक्षकहरूले सहभागिता जनाए भने खेलपछिका पत्रकार सम्मेलन पनि कोरोनाभाइरसका कारण आयोजना नगरिने आयोजकले बताएको छ ।

कोरोनाभाइरस कै कारण खेलहरू हेर्न दर्शकहरू आउन पाउने छैनन् । मिडिया सेन्टरको प्रावधान पनि हटाइएको छ।

यसैबीच, आफ्नो पहिलो खेलको एक दिन अगाडि नेपाली टोलीले पीसीआर परिक्षणका लागि स्वाबको नमुना दिएका छन् ।

उज्वेकिस्तान पुगेपछि यो नेपाली टोलीको दोश्रो पीसीआर परीक्षण हो । पहिलो परिक्षणमा सबै नतिजा नेगेटिभ आएको थियो ।

नेपालले समूह एफ मा भोलि फिलिपिन्स र ५ असोजमा हङकङको सामना गर्दै छ । समूहको विजेता भारतमा हुने एएफसी महिला एसियन कपमा स्थान बनाउनेछ ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  २ : ०५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन