एएफसी महिला एसियन कप : खेलाडीको नियमित कोरोना परीक्षण « Khabarhub

एएफसी महिला एसियन कप : खेलाडीको नियमित कोरोना परीक्षण


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एएफसी महिला एसियन कप छनोट खेलमा सहभागी टोलीका सदस्यहरूको नियमित पीसीआर परीक्षणको प्रावधान गरिएको छ । यस्तै औपचारिक बैठक, आवतजावतका क्रियाकलापलाई न्यूनीकरण गरिएको छ । अभ्यास समय र खेलका दिनबाहेक कुनै पनि टोलीलाई होटेलको हाता बाहिर जान दिइएको छैन ।

टोलीका अफिसियलहरूका बैठक तथा प्रेससँगको भेटघाटलाई पनि सकेसम्म भर्चुअल आयोजना गरिएका छन् ।

बिहीबार प्रि–म्याच कन्फरेन्समा सहभागी टोलीका मुख्य प्रशिक्षकहरूले सहभागिता जनाए भने खेलपछिका पत्रकार सम्मेलन पनि कोरोनाभाइरसका कारण आयोजना नगरिने आयोजकले बताएको छ ।

कोरोनाभाइरस कै कारण खेलहरू हेर्न दर्शकहरू आउन पाउने छैनन् । मिडिया सेन्टरको प्रावधान पनि हटाइएको छ।

यसैबीच, आफ्नो पहिलो खेलको एक दिन अगाडि नेपाली टोलीले पीसीआर परिक्षणका लागि स्वाबको नमुना दिएका छन् ।

उज्वेकिस्तान पुगेपछि यो नेपाली टोलीको दोश्रो पीसीआर परीक्षण हो । पहिलो परिक्षणमा सबै नतिजा नेगेटिभ आएको थियो ।

नेपालले समूह एफ मा भोलि फिलिपिन्स र ५ असोजमा हङकङको सामना गर्दै छ । समूहको विजेता भारतमा हुने एएफसी महिला एसियन कपमा स्थान बनाउनेछ ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  २ : ०५ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका