माधव कमरेडलाई ‘होमसिक’ हुन्छ, एमालेमै फर्किनुहुन्छ : योगेश भट्टराई « Khabarhub

माधव कमरेडलाई ‘होमसिक’ हुन्छ, एमालेमै फर्किनुहुन्छ : योगेश भट्टराई


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टी विभाजन गर्नेहरु एमालेमै फर्किने दावी गरेका छन् ।

पोखरामा पत्रकारहरुसँग कुरा गर्दै उनले अहिले पनि विभाजनमा लागेकाहरुको मनमा एमाले नै रहेकोले मुल पार्टीमा फर्किने दाबी गरे । ‘जो विभाजन लाग्नुभयो, उहाँहरुमा टिप्पणी छैन । धेरै नेता कार्यकर्ताको मनमा एमाले नै छ । अब माधव कमरेडले सपना देख्दा पनि एमाले नै देख्नुहुन्छ । उहाँलाई होमसिक जस्तै एमालेसिक हुन्छ । उहाँ यतै आउनुहुन्छ,’ भट्टराई भन्छन्, ‘उहाँ एमालेमा फर्किनुको विकल्प छैन । असफल प्रयत्नतिर नजाऔं । त्यसले कुनै शक्ति आर्जन गर्न सक्दैन, कम्युनिस्ट आन्दोलनलाई विभाजन गर्ने बाहेक कुनै काम छैन ।’

पार्टी पंक्ति र नेताहरुको सुझबुझका कारण विभाजनको असर खासै नपरेको उनले सुनाए । ‘जे कोसिस गर्‍यौं । यसले विभाजनको असर निकै कम भयो । जति तल गयो, विभाजनको असर उति कम भयो,’ उनले भने, ‘पार्टी विभाजन गर्नु हुन्न भन्ने एकताको पक्षधर साथीहरु एकजुट हुनुभयो । अझै अत्यन्त मेहनत गर्छौं । जहाँ घाटा लागेको छ, त्यसको पूर्ति गर्नुपर्छ ।’

कांग्रेस र माओवादीका कार्यकर्ता तानेर एमालेको क्षति पूर्ण गर्ने उनको भनाइ छ । ‘माओवादीका तल्लो तह निराश छन् । हामीले उनीहरुलाई एमालेमा आउन अपिल गरौं,’ उनले भने, ‘कांग्रेसका साथीहरुलाई पनि भनौं । हिजो भोट नहालेकाहरुलाई पनि एमालेमा आकर्षित गरौं ।’

भट्टराईले कांग्रेसले देशलाई विकल्प दिन नसक्ने भन्दै एमालेले बहुमत ल्याउने दावी गरे । ‘आगामी चुनावमा पनि कांग्रेसले बहुमत ल्याउन सक्दैन । किनकी उसले कुनै विकल्प दिन सक्दैन,’ उनी भन्छन्, ‘बहुमत ल्याउन सक्ने तागत एमालेसँग छ । राजनीतिक स्थायित्व र विकासका लागि एमालेको बहुमत अनिवार्य छ ।’ विभाजनमा लागेका नेता कार्यकर्ताहरुलाई मुल घरमै फर्किन उनको आग्रह छ ।

उनले एमालेकै नेतृत्वमा आगामी निर्वाचन हुने दावी गरेका छन् । अहिलेको सरकार असफल भएको भन्दै उनले एमालेको नेतृत्वमा नयाँ सरकार बन्नुपर्ने बताए ।

उनले एमसीसीको बारेमा सत्तारुढ दलको धारणा स्पष्ट गर्न आग्रह गरे । ‘एमसीसीको बारेमा सत्तारुढ दलको धारणा के हो रु कांग्रेस, माओवादी र एकीकृत समाजवादीको धारणा के हो ? उहाँहरुको संसदीय दलले पास गरेको कहाँ छ ?,’ भट्टराईले भने, ‘धारणा स्पष्ट गर्नुस् । एमसीसी के गर्ने हो ?’

सरकारका कारण बजेट होल्ड भएको र यसले आर्थिक तथा वित्तीय अनुशासन ध्वस्त भएको उनको तर्क छ । २ महिना वितिसक्दा समेत सरकारलाई पूर्णता दिन नसक्नु अहिलेको गठबन्धनको असक्षम कदम भएको भट्टराईको भनाइ छ ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ३ : ०५ बजे

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाले आगामी १० वर्षका लागि तयार गरेको नगर

तनहुँ जलविद्युत आयोजनाको काम तीव्र गतिमा (तस्बिरहरू)

तनहुँ– नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेड

फिफा विश्वकप : अन्तिम १६ को समीकरण पूरा

काठमाडौँ- फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणका खेलहरु सकिएसँगै

वन उद्यममा जोडिँदै नवलपुरका महिला

नवलपरासी– वनमा खेर जाने वन पैदावारको सदुपयोग गर्दै नवलपुरका महिलाले

ट्राफिक कारबाहीमा एकै दिन २० लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार सवारी चालकलाई सवारी