युवाहरुलाई उत्पादनद्धसँंग जोडेमात्र आर्थिक बृद्धि सम्भव छ : अर्थमन्त्री शर्मा | Khabarhub Khabarhub

युवाहरुलाई उत्पादनद्धसँंग जोडेमात्र आर्थिक बृद्धि सम्भव छ : अर्थमन्त्री शर्मा


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले राज्यलाई जनताप्रति जिम्मेवार बनाउँदै लैजाने नीति सरकारले लिएको बताएका छन् । शुक्रबार काठमाडौँमा अखिल क्रान्तिकारीको क्याम्पस जिल्ला सम्मेलन उद्घाटन गर्दै अर्थमन्त्री शर्माले बिभिन्न क्षेत्रका जनताको समस्या बुझ्दै राज्यलाई उनीहरुप्रति जिम्मेवार बनाउँदै लैजाने नीति लिएको बताए ।

उनले मुलुकको परिवर्तनमा बलिदानी दिने घर परिवारलाई मासिक भत्ता दिनेदेखि जटिल बिरामीहरुलाई राहत प्रदान गर्ने निर्णय सरकारले गरेको र बजेटमा पनि समावेश गरिएको जानकारी दिए । त्यस्तै गरिव घरपरिवारलाई एकपटकका लागि १० हजार रुपैया दिने निर्णय सरकारले गरेको उनले बताए ।

अर्थमन्त्री शर्माले युवाहरुलाई उत्पादनद्धसँंग जोडेर मात्र मुलुकको आर्थिक बृद्धि सम्भव रहेको धारणा राखे । मुलुकभर रहेका सामूदायिक बिद्यालयको स्तरोन्तती गर्न आवश्यक कार्यक्रमका साथै बजेटको व्यवस्था सरकारले गर्ने उनले बताए । उहाले विद्यार्थी आन्दोलनलाई शैक्षिक मुद्दामा केिन्द्रत गर्नुपर्ने अहिलको आवश्यकता रहेको भन्दै त्यसैमा केन्द्रित हुन विद्यार्थीहरुलाई आग्रह गरे ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ४ : ०५ बजे

टी-२० विश्वकप खेल्ने नेपाली टोली घोषणा, को को समेटिए ?

काठमाडौं– नेपालले रोहित पौडेलको कप्तानीमा टी-२० विश्वकप खेल्ने टोली घोषणा

क्रिप्टो एक्सचेन्ज बिनान्सका संस्थापक झाओलाई चार महिनाको जेल सजाय

काठमाडौं– क्रिप्टोकरेन्सी एक्सचेन्ज बिनान्सका संस्थापक तथा पूर्व सीईओ चाङपेङ झाओलाई

टी-२० विश्वकप खेल्ने ओमान टिमको घोषणा

काठमाडौं- ओमानले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ ।

यस्तो छ श्रम मन्त्रीद्वारा घोषित ‘श्रमाधान योजना’, सात कार्यक्रम प्रस्ताव

काठमाडौं – १३५औं अन्तरराष्ट्रिय श्रमिक दिवस (मे डे) अवसरमा श्रम,

सरकारी कामकाजी भाषा ऐन वैशाख २४ देखि लागू हुने

काठमाडौं– बागमती प्रदेशमा प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गरेको