युवाहरुलाई उत्पादनद्धसँंग जोडेमात्र आर्थिक बृद्धि सम्भव छ : अर्थमन्त्री शर्मा « Khabarhub

युवाहरुलाई उत्पादनद्धसँंग जोडेमात्र आर्थिक बृद्धि सम्भव छ : अर्थमन्त्री शर्मा


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले राज्यलाई जनताप्रति जिम्मेवार बनाउँदै लैजाने नीति सरकारले लिएको बताएका छन् । शुक्रबार काठमाडौँमा अखिल क्रान्तिकारीको क्याम्पस जिल्ला सम्मेलन उद्घाटन गर्दै अर्थमन्त्री शर्माले बिभिन्न क्षेत्रका जनताको समस्या बुझ्दै राज्यलाई उनीहरुप्रति जिम्मेवार बनाउँदै लैजाने नीति लिएको बताए ।

उनले मुलुकको परिवर्तनमा बलिदानी दिने घर परिवारलाई मासिक भत्ता दिनेदेखि जटिल बिरामीहरुलाई राहत प्रदान गर्ने निर्णय सरकारले गरेको र बजेटमा पनि समावेश गरिएको जानकारी दिए । त्यस्तै गरिव घरपरिवारलाई एकपटकका लागि १० हजार रुपैया दिने निर्णय सरकारले गरेको उनले बताए ।

अर्थमन्त्री शर्माले युवाहरुलाई उत्पादनद्धसँंग जोडेर मात्र मुलुकको आर्थिक बृद्धि सम्भव रहेको धारणा राखे । मुलुकभर रहेका सामूदायिक बिद्यालयको स्तरोन्तती गर्न आवश्यक कार्यक्रमका साथै बजेटको व्यवस्था सरकारले गर्ने उनले बताए । उहाले विद्यार्थी आन्दोलनलाई शैक्षिक मुद्दामा केिन्द्रत गर्नुपर्ने अहिलको आवश्यकता रहेको भन्दै त्यसैमा केन्द्रित हुन विद्यार्थीहरुलाई आग्रह गरे ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ४ : ०५ बजे

प्रधानमन्त्रीसँग भारतीय राजदूतको बिदाइ भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ

तस्बिरमा हेर्नुहोस्, बाढीले क्षतविक्षत नारायणी किनार  

चितवन– निरन्तरको वर्षापछि नारायणी नदीमा आएको बाढीले नारायणगढस्थित नदी किनारमा ठूलो

पूर्वसूचनाले घटायो बर्दियामा विपद्को क्षति

बर्दिया–  मौसम पूर्वानुमान महाशाखाले हुनसक्ने सम्भावित बाढी तथा डुबानको समस्याका

बागमती खोलामा एक जनाको शव फेला

काठमाडौं– बागमती खोलामा एक जनाको शव फेला परेको छ ।

नेपाली कांग्रेसको महाधिवेशन सर्‍यो 

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनको समय सरेको छ । यही