कल्याणकारी कोषमार्फत हिताधिकारीका माग सम्बोधन गर्न सङ्गठन तयार छ : प्रधानसेनापति « Khabarhub

कल्याणकारी कोषमार्फत हिताधिकारीका माग सम्बोधन गर्न सङ्गठन तयार छ : प्रधानसेनापति


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  प्रधानसेनापति प्रभुराम शर्माले द्वन्द्व तथा कर्तव्यपालनाको सिलसिलामा वीरगती प्राप्त सकलदर्जाका एकल महिलासँग जङ्गी अड्डामा आज भेटघाट गरेका छन् ।

सो अवसरमा महारथी शर्माले कल्याणकारी कोषमार्फत हिताधिकारीका जायज माग र अपेक्षालाई सम्बोधन गर्न सङ्गठन सधैँ तयार रहने प्रतिबद्धता व्यक्त गरे ।

उनले सैनिक श्रीमती सङ्घद्वारा सञ्चालीत व्यावसायिक तथा सीपमूलक तालिमबाट ज्ञान लिई उद्यमशिल कर्जा सुविधाको उपभोग गर्दै स्वरोजगार र आत्मनिर्भर बन्न सुझाव दिए ।

प्रधानसेनापति शर्माले सङ्गठनको नेतृत्व लिएपछि पहिलो सम्बोधनमा वीरगती प्राप्त परिवार, एकल महिला, घाइते तथा फरक क्षमता भएका हिताधिकारीलाई अवसर र सेवा सुविधाको सीमा बढाउने विषयलाई प्राथमिकतामा दिने घोषणा गरेका थिए ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उक्त समूहमा रहेका ८०० एकल महिलालाई सेनाले पारिवारिक निवृत्तिभरणको रुपमा वीरगतीतर्फ मासिक तीन हजार प्रदान गरिने छ ।

कर्तव्यपालना शीर्षकमा यही असोजदेखि दुई हजार ५०० र वीरगतीतर्फ मासिक रु तीन हजार ५०० प्रदान गरिने सेनाले जनाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ९ : ३० बजे

फुर्केखोलाको पुल बगेपछि धादिङ सदरमुकाम पृथ्वीराजमार्गसँग सम्पर्क बिच्छेद

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण धादिङ फुर्केखोलाको पुल बगेपछि धादिङ

बाढीको विपद्मा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता

काठमाडौं– भोटेकोशी नदीमा आएको बाढीबाट सिर्जित विपद्को समयमा विपक्षी दलले

भोटेकोशीको भीषण बाढीबारे फरक-फरक अनुमान, भू-वैज्ञानिक दाहालको दाबी : चीनतर्फ हिमताल फुटेको हुन सक्छ

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीको वास्तविक

मुग्लिन-नारायणघाट क्षेत्रमा बाढीको जोखिम, त्रिशूली किनार छाड्न प्रहरीको आग्रह 

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीको बहाव धादिङको गल्छी–मलेखु क्षेत्र

गोसाईकुण्डमा तीन वडाका ४० प्रतिशत मानिस सम्पर्कविहीन छन् : वडाध्यक्ष तामाङ

काठमाडौं– चीनको तिब्बत हुँदै रसुवागढी नाकाबाट भोटेकोसीमा आएको बाढीले नुवाकोटको त्रिशूली