१ हजार ३५१ संक्रमित डिस्चार्ज, निको हुने दर ९५.३ प्रतिशत « Khabarhub

१ हजार ३५१ संक्रमित डिस्चार्ज, निको हुने दर ९५.३ प्रतिशत


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १२ हजार ३८५ जनामा परीक्षण गरिएकामा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको छ ।

नेपालमा सङ्क्रमण दर १९.२ प्रतिशत पुगेको छ । सक्रिय सङ्क्रमित २५ हजार ४९७ जना छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १० र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला २० पुगेका छ । आज एक हजार ३५१ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सात लाख ४६ हजार ५६६ कोरोना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९५.३ प्रतिशत छ ।

सङ्क्रमणबाट आज एकै दिन १० जनाको मृत्यु भएको छ । हालसम्म सङ्क्रमणबाट ११ हजार १२ जनाको मृत्यु भएको छ । नेपालमा प्रतिदश लाखमा ३७१.२ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ । त्यस्तै ३८६ जना सघन उपचार कक्ष (आइसियु), ११७ भेन्टिलेटर, २३ हजार ९५० होम आइसोलेशन, एक हजार ५४७ संस्थागत आइसोलेशन र २३६ जना क्वारेन्टिनमा छन् ।

आज ६० हजार १५९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हालसम्म ६० लाख ८३ हजार १२४ जनाले पहिलो मात्रा र ५४ लाख सात हजार ३८० ले पूर्णमात्रा खोप लगाइसकेका छन् ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ५ : ५९ बजे

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाले आगामी १० वर्षका लागि तयार गरेको नगर

तनहुँ जलविद्युत आयोजनाको काम तीव्र गतिमा (तस्बिरहरू)

तनहुँ– नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेड

फिफा विश्वकप : अन्तिम १६ को समीकरण पूरा

काठमाडौँ- फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणका खेलहरु सकिएसँगै

वन उद्यममा जोडिँदै नवलपुरका महिला

नवलपरासी– वनमा खेर जाने वन पैदावारको सदुपयोग गर्दै नवलपुरका महिलाले

ट्राफिक कारबाहीमा एकै दिन २० लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार सवारी चालकलाई सवारी