१ हजार ३५१ संक्रमित डिस्चार्ज, निको हुने दर ९५.३ प्रतिशत « Khabarhub

१ हजार ३५१ संक्रमित डिस्चार्ज, निको हुने दर ९५.३ प्रतिशत


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १२ हजार ३८५ जनामा परीक्षण गरिएकामा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको छ ।

नेपालमा सङ्क्रमण दर १९.२ प्रतिशत पुगेको छ । सक्रिय सङ्क्रमित २५ हजार ४९७ जना छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १० र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला २० पुगेका छ । आज एक हजार ३५१ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सात लाख ४६ हजार ५६६ कोरोना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९५.३ प्रतिशत छ ।

सङ्क्रमणबाट आज एकै दिन १० जनाको मृत्यु भएको छ । हालसम्म सङ्क्रमणबाट ११ हजार १२ जनाको मृत्यु भएको छ । नेपालमा प्रतिदश लाखमा ३७१.२ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ । त्यस्तै ३८६ जना सघन उपचार कक्ष (आइसियु), ११७ भेन्टिलेटर, २३ हजार ९५० होम आइसोलेशन, एक हजार ५४७ संस्थागत आइसोलेशन र २३६ जना क्वारेन्टिनमा छन् ।

आज ६० हजार १५९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हालसम्म ६० लाख ८३ हजार १२४ जनाले पहिलो मात्रा र ५४ लाख सात हजार ३८० ले पूर्णमात्रा खोप लगाइसकेका छन् ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ५ : ५९ बजे

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर