सरकारले छिमेकी राष्ट्रसँगको सम्बन्ध बिगार्न खोजेको एमाले प्रवक्ता ज्ञवालीको आरोप « Khabarhub

सरकारले छिमेकी राष्ट्रसँगको सम्बन्ध बिगार्न खोजेको एमाले प्रवक्ता ज्ञवालीको आरोप


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले वर्तमान सरकारले छिमेकी राष्ट्रसंगको सम्बन्ध बिगार्न खोजेको आरोप लगाएका छन् ।

शुक्रबार नयाँ किरण समूहले आयोजना गरेको नयाँ सरकारको कुटनीतिक अभिमूखिकरण : सम्भाव्य विश्लेषण विषयक विचार गोष्ठिमा ज्ञवालीले सीमा लगायतका विषय निकालेर सरकारले छिमेकी राष्ट्रसँग कुटनीतिक सम्बन्ध बिगार्न खोजेको आरोप लगाएका हुन् ।

ज्ञवालीले भारतसँगको सीमा विवादलाई छाडेर चीनसँगको सीमा विवाद सिर्जना गर्न खाजेको तर्क गरे । समस्या भएको स्थानमा चूप बस्ने र समस्या नै नभएको ठाउँमा विवाद निकालेर सरकारले चीनसँग चिसोपना खडा गर्न खोजेको उनले बताए ।

ज्ञवालीले दार्चुलामा तुईन चुडाएर नेपाली बेपत्ता भएको घटना दुई महिना हुन लाग्दा पनि सरकारले भारतसँग कुटनीतिक प्रतिवाद गर्न नसकेको बताए ।

ज्ञवालीले छिमेकी मुलुक लगायत अन्य मुलुकसँगको सम्बन्ध नेपालको सार्वभौम समानताका आधारमा अघि बढाउनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ६ : ५१ बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं