हुम्लामा चीनले सीमा मिचेको भन्दै लोकतान्त्रिक युवा संघद्वारा विरोध प्रदर्शन (फोटोफिचर) « Khabarhub

हुम्लामा चीनले सीमा मिचेको भन्दै लोकतान्त्रिक युवा संघद्वारा विरोध प्रदर्शन (फोटोफिचर)


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनले नेपाली भूमि मिचेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी निकट लोकतान्त्रिक युवा संघले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।

हुम्लामा चीनले नेपाली सीमामा अतिक्रमण गरेको भन्दै सांकितिक रुपमा विरोध गरिएको संघले जनाएको छ । प्रदर्शनमा उत्रिएकाहरुले नेपालको सीमा रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रदर्शनमा उत्रिएकाहरुले चीनद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता गर, हुम्ला जिल्लामा रहेको १२ नम्बर  पिलर सार्न पाइँदैन लगायतका प्ले कार्ड प्रदर्शन गरेका थिए ।

संघका अध्यक्ष रञ्जित कुमार सिंहले चीनले नेपाली भूमि अतिक्रमण गर्दा पनि सरकार मौन रहेको भन्दै खबरदारी गरिएको बताए ।

संघले नेपालको स‍ीमा रक्षाका लागि निरन्तर खवरदारी गर्ने जनाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ७ : २१ बजे

ऊर्जा क्षेत्रमा ४० खर्ब लगानी भित्र्याउन कानुनी सुधारको खाँचो

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असोज २ गते

प्रधानमन्त्रीसँग भारतीय राजदूतको बिदाइ भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ

तस्बिरमा हेर्नुहोस्, बाढीले क्षतविक्षत नारायणी किनार  

चितवन– निरन्तरको वर्षापछि नारायणी नदीमा आएको बाढीले नारायणगढस्थित नदी किनारमा ठूलो

पूर्वसूचनाले घटायो बर्दियामा विपद्को क्षति

बर्दिया–  मौसम पूर्वानुमान महाशाखाले हुनसक्ने सम्भावित बाढी तथा डुबानको समस्याका

बागमती खोलामा एक जनाको शव फेला

काठमाडौं– बागमती खोलामा एक जनाको शव फेला परेको छ ।