स्वतन्त्रता हनन् हुनेगरी ऐन बन्दैनन् : अर्थमन्त्री शर्मा « Khabarhub

स्वतन्त्रता हनन् हुनेगरी ऐन बन्दैनन् : अर्थमन्त्री शर्मा


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले वर्तमान सरकारले स्वतन्त्रताको हनन् हुनेगरी कुनै पनि ऐन तथा नियम नबनाउने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ एशोसिएट प्रदेशको धुलिखेलमा आज शुरु भएको ‘पहिलो राष्ट्रिय सम्मेलन’ मा उहाँले लोकतन्त्रको लडाइँ गरेर आएको गठबन्धन सरकारमा रहेका पार्टी र त्यसका नेतृत्वले स्वन्त्रताको पक्षमा काम गर्ने बताए ।

विगतमा कमीकमजोरी र गल्तीहरू केही भएको भए त्यसलाई सच्च्याउन सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । पत्रकारिता स्वतन्त्रताको विषय भएको बताउँदै मन्त्री शर्माले सङ्घर्ष र आन्दोलन भइरहँदा पत्रकारिताले सबै पक्षको अनुगमन गर्ने विश्वास व्यक्त गरे ।

सरकारका राम्रो नराम्रो पक्षलाई आमजनतासम्म लाने तथा जनताको आवाजलाई सरकारसम्म पुर्‍याउने सम्वाहकको काम गरी पत्रकारिता जगत्ले ठूलो योगदान गरेको उल्लेख गर्दै उनले पत्रकारिता क्षेत्रलाई सहयोग गर्न सरकार सधैँ तयार रहेको बताए ।

अधिकार स्वतन्त्रताको विस्तृत रूप हुनुपर्ने र स्वतन्त्रताको जगेर्नाका लागि ऐन कानून पनि त्यहीअनुसार बनाउनुपर्नेमा जोड दिँदै मन्त्री शर्माले महासङ्घले दिएको सल्लाह सुझावका आधारमा काम गर्ने बताए ।

प्रतिगमनका विरुद्ध अग्रमोर्चामा उभिएर खबरदारी गर्ने र राजनीतिक पार्टीलाई ठीक बाटोमा लैजान पत्रकारिता जगत्ले खेलेको भूमिकाको कसैले पनि अबमूल्यङ्कन गर्न नसक्ने उल्लेख गर्दै उनले कमीकमजोरी हुँदा सञ्चार जगतले गरेको आलोचना तथा सकारात्मक काम गर्दा पाएको प्रेरणालाई आधार बनाएर नै आफू अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ८ : १९ बजे

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु

तनहुँमा एकैदिन नौ फरार प्रतिवादी पक्राउ

तनहुँ – जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको

अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले

काठमाडौं- नेकपा (एमाले)ले प्रधानमन्त्रीसँगको भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले

भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही – नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका