टी-२० विश्वकप : पहिलो दिन ओमान र पपुवा न्युगिनी तथा बंगलादेश र स्कटल्याण्ड भिड्ने « Khabarhub

टी-२० विश्वकप : पहिलो दिन ओमान र पपुवा न्युगिनी तथा बंगलादेश र स्कटल्याण्ड भिड्ने


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सातौं आइसिसी टी-२० विश्वकप आजदेखि सुरू हुँदैछ। युएई र ओमानमा संयुक्त रुपमा हुने विश्वकपको पहिलो दिन पहिलो चरण अन्तर्गतका दुई खेलहरु हुनेछन् ।

ओमानको अल अमारतमा हुने पहिलो खेलमा घरेलु टिम ओमान र पपुवा न्युगिनीबीच दिउँसो ३ : ४५ बजे प्रतिस्पर्धा हुनेछ । ओमान क्वालिफाइङ राउन्डमा स्थान बनाउने अन्तिम टिम हो। उसले हङकङलाई पराजित गर्दै टी-२० विश्वकपमा स्थान बनाएको हो। अर्कोतर्फ पपुवा न्युगिनिको टिमले पनि राम्रो तयारी गरिरहेको छ। यो टिम सेप्टेम्बर मा ओमान पुगेको थियो।

दोस्रो खेलमा बंगलादेश र स्कटल्याण्डबीच बेलुकी ७ : ४५ बजे प्रतिस्पर्धा हुनेछ । समूह ‘बी’बाट यी दुवै टिम मुख्य प्रतियोगितामा पुग्ने आँकलन गरिएको छ। यी दुईबीच हुने खेल रोमाञ्चक हुनेछ। खेलमा जित निकाल्ने टिमलाई अघिल्लो चरणको यात्रा सुखद् हुने छ।

बंगलादेशले केही समयअघि टी-२० क्रिकेटमा सानदार प्रदर्शन गरेको थियो। उसले आफ्नो घरेलु मैदानमा भएको पाँच खेलको टी-२० सिरिजमा अस्ट्रेलियालाई ४-१ तथा न्युजिल्यान्डलाई ३-२ ले पराजित गर्दै सनसनीपूर्ण प्रदर्शन गरेको थियो।

विश्वकपको पहिलो चरणमा ८ टोलीले प्रतिस्पर्धा गर्ने छन् । जसमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी भिड्नेछन् । यीमध्ये चार टिम सुपर १२ मा प्रवेश गर्नेछन् । सुपर-१२ को समूह २ मा भारत र पाकिस्तानसँगै न्युजिल्याण्ड, अफगानिस्तान र पहिलो चरणको समूह ‘बी’ विजेता र समूह ‘ए’को उपविजेता यस समूहमा रहने छन् ।

यस्तै समूह १ मा इंग्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रीका,वेस्ट इन्डिज रहेका छन् । पहिलो चरणको समूह ‘ए’ को विजेता र समूह ‘बी’को उपविजेता यस समूहमा रहने छन् ।

समूह चरणको खेलपछि आबुधाबीमा हुने पहिलो सेमिफाइनल नोभेम्बर १० र दुबईमा हुने दोस्रो सेमिफाइनल नोभेम्बर ११ मा हुनेछ । प्रतियोगिताको फाइनल युएईको दुबईमा हुने फाइनल खेल नोभेम्बर १४ मा हुनेछ ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  १२ : २० बजे

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत