प्रचारप्रसार अभावले ओझेलमा ‘दुधकुण्ड’ « Khabarhub

प्रचारप्रसार अभावले ओझेलमा ‘दुधकुण्ड’


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– दशरथचन्द नगरपालिका–१ कलौनस्थित दुधकुण्डको महत्व जिल्ला भित्रैका धेरैलाई थाहा छैन् । यसको सम्बन्ध बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवतीसँग जोडिएको छ । स्थानीयबासीका अनुसार परापूर्वकालमा दुधको धारा भएको हुनाले यो ठाउँको नाम दुधकुण्ड रहन गएको हो ।

‘पहिलापहिला यसै धाराको पानीले निङ्गलाशैनी भगवतीको मन्दिरमा पूजाआजा हुन्थ्यो । दुधकुण्डमै पाकेको हवी मन्दिरमा चढ्थ्यो किम्वदन्ती छ ।’ स्थानीय माधवप्रसाद भट्टले भने, ‘यो कुण्डको बारेमा प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ ।’

दसैंको समयमा भगवतीको दर्शनका लागि हजारौं भक्तजन आउने गर्छन् । उनीहरूलाई यो दुधकुण्डका बारेमा जानकारी गराउन सकियो भन्ने आन्तरिक धार्मिक पर्यटक भित्र्याउन सकिने भट्टले बताए ।

दुधकुण्डलाई स्थानीयले लमखेत धारा पनि भन्ने गरेका छन् । सो ठाउँमा अहिले स–साना मन्दिरहरू बनाएर प्रचार प्रसारका लागि प्रयास सुरु गरिएको स्थानीय अम्बादत्त बडुले बताए । उनले भने, ‘अहिले कलौनस्थित निङ्गलाशैनी भगवती मन्दिरमा यही धाराको पानीले पूजाआजा हुने गरेको छ ।’

दुधकुण्डको वरिपरी मन्दिरहरू रहेका छन् । दुधकुण्डको पाँच किलोमिटर सेरोफेरमा प्रसिद्ध धार्मिक स्थलहरू रहेकाले यसलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने आन्तरिक पर्यटन पुनर्उत्थान समितिका सुदूरपश्चिम संयोजक मायाप्रकाश भट्टले जानकारी दिए । उनले भने, ‘हामीले सुदूरपश्चिमका महत्वपूर्ण पर्यटकीय स्थलहरूलाई नयाँ गन्तव्यको रुपमा पहिचान गर्ने तयारी गरेका छौं । दुधकुण्डलाई पनि धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिन्छ ।’

पाताल भुवनेश्वर धाम र निङ्गलाशैनी भगवती मन्दिरको दर्शन गर्नेहरूलाई दुधकुण्डसम्म पुर्याउन सकिने उनले बताए । उनले भने, ‘दुधकुण्डमा अहिले पनि पौराणिक कुराहरू छन् । यो ठाउँको पानी जहिले पनि घटबढ हुँदैन् । एकनासको पानी हिउँदमा तातो र गर्मीमा चिसो रहने गर्छ ।’

दुधकुण्डलाई प्रचारप्रसारमा ल्याउन र यसको महत्व झल्काउन दशरथचन्द नगरपालिका–१ को कार्यालयले केही पहल गरेको छ । सो ठाउँमा स्थानीयहरूले ब्रतबन्ध जस्ता सामाजिक कार्य पनि गर्ने भएकाले धर्मशालाको व्यवस्था गरिएको छ भने पञ्चायन देवताको मन्दिर पनि निर्माण गरिएको छ ।

दुधकुण्डमै गौराको समयमा बिरुडा समेत धुने चलन रही आएको छ । दुधकुण्ड भगवतीको बासस्थान भएकाले यसको धार्मिक महत्व अझै बढी रहेको स्थानीय भानदेव भट्टले बताए ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ४ : १९ बजे

२९ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना

काठमाडौँ – मुलुकभर सञ्चालित सामुदायिक विद्यालयमध्ये २९ दशमलव ६ प्रतिशत

ट्राफिक प्रहरीद्वारा पाँच हजार ४३४ जनचेतनामूलक कार्यक्रम

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा

पर्यटकको रोजाइमा घोडेपानी–पुनहिल

म्याग्दी– पूर्वी क्षितिजमा लाली चढ्दै गर्दा पुनहिलको टाकुरा पर्यटकले भरिन

एनपीएलमा डेढ अर्बको आर्थिक कारोबार हुने, स्पोन्सरसिपबाट मात्रै २० करोड संकलन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)लाई आर्थिक रूपमा निकै उचाइमा

इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण

तेहरान– इरानले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका