धनुषामा एक युवकको घाँटी रेटेर हत्या « Khabarhub

धनुषामा एक युवकको घाँटी रेटेर हत्या


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया नगरपालिका–८ बस्ने २८ वर्षीय संजिज पण्डितको शव धनुषाको नगराइन नगरपालिका–५ स्थित गंगुलीबाट देवडिहा जाने बाटो घाँटी रेटेर हत्या गरिएको अवस्थामा आइतबार बिहान फेला परेको छ ।

शनिबार राति नै कसैले घाँटी रेटेर पण्डितको हत्या गरेको हुन सक्ने धनुषाका प्रहरी उपरीक्षक प्रकाश राना भाटले जानकारी दिए । आइतबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटना स्थलमा पुगि अनुसन्धान थालेको उनले बताए ।

प्रहरी घटनास्थल पुगेर मुचुल्का गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल ल्याएको छ । मृतक पण्डितको ससुराली धनुषाको पौडेश्वरमा रहेको छ । पौडेशरबाट नगराइन गएको वा आफ्नो घर सिरहाको मिर्चैयाबाट त्यहाँ एकै चोटि पुगेको अहिलेसम्म केही नखुलेको उनले बताए । घटनाको सम्बन्धमा पीडित परिवारजनहरूसँग जानकारी लिने काम भइरहेको र मृतकको मोबाइलसमेत बरामद भएकोले त्यसको आधारमा घटनाको अनुसन्धान अगाडि बढाइएको उनले बताए । न्यूज कारखाना

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ४ : ४० बजे

हिन्दू राष्ट्रबारे गृहमन्त्रीले सहमति गरे या मागपत्र बुझे ?, १३ बुँदे दस्तावेजले अर्को तरङ्ग

काठमाडौं- जनकपुरधाममा गृहमन्त्री सुधन गुरुङ र संयुक्त हिन्दू मोर्चाबीच भएको

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

काठमाडौं– सोलुखुम्बुको माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन

साउदी युवराजले दिएका थिए इरानमाथि आक्रमण रोक्न ट्रम्पलाई दबाब

काठमाडौं- इरानमाथिको आक्रमण रोक्न साउदी अरेबियाका युवराज तथा प्रधानमन्त्री मोहम्मद

हिन्दू राष्ट्रको मागमा सहमति संविधानविपरीत : सुदन किराती

काठमाडौं- श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किरातीले

पूर्वराष्ट्रपति भण्डारीले गरिन् नेकपा सहसंयोजक नेपाललाई सम्मान

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका सहसंयोजक माधवकुमार नेपाललाई सम्मान गरेकी