आलु उत्पादन बढेपछि कृषक फुरुङ्ग | Khabarhub Khabarhub

आलु उत्पादन बढेपछि कृषक फुरुङ्ग


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– आलुको भण्डारणको उपनामले परिचित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७ याङमा र ६ वडा नम्बर घुन्सा क्षेत्रमा यस सिजनमा आलु उत्पादनमा वृद्धि भएको छ । गत वर्ष उत्पादनमा कमि आए पछि निराशा भएको कृषक यस सिजनमा आलुको उत्पादनमा सुधार आएसँगै कृषको आशा पलाएको छ ।

फक्ताङलुङ गाउँपालिका—६ का स्थानीय पेमा शेर्पाले आठ मुरी आलु गत असारमा रोपेकी थिइन् । गत साता आलु खन्दा २० मुरी आलु जम्मा गरिन् ।

सोही गाउँका उटुक शेर्पाले पाँच मुरी आलु रोपेकोमा गत हप्ता खन्दा १५ मुरी जम्मा भयो । हिमाली क्षेत्र याङमा र घुन्सा क्षेत्रमा अन्य खेतीपाती नहुने भएकाले यस क्षेत्रमा मुख्य बालीको रुपमा आलु खेती गर्दै आएका छन् । वितगका वर्षहरूमा राम्रो आलु उत्पादन हुँदै आए पनि गत वर्षदेखि याङमा र घुन्सा क्षेत्रमा आलु उत्पादनमा कमि आएको स्थानीय उटुक शेर्पाले बताए ।

आलुको भण्डारणको रूपमा रहेको घुन्सा क्षेत्रमा गतवर्ष आलु बिउको अभाव भएको थियो । बिउ रोपेको जति पनि उत्पादन नभएपछि जिल्ला बाहिरदेखि आलु बिउ ल्याएर रोपेको स्थानीय पेमा शेर्पाले बताइन् । तर, गत वर्ष भन्दा यो वर्षमा केही सुधार आएको घुन्साका स्थानीयवासीको भनाइ रहेको छ ।

आलुको व्यापार

याङमा र घुन्सा क्षेत्रमा उत्पादन भएको आलु मंसिरको तोस्रो सातादेखि कृषकहरूले याङमादेखि दुई दिन याकमार्फ ढुवानी गरेर चेनेसम्म पुर्‍याउने गर्छन् । चेनेमा अस्थायी टहरा निर्माण गरेर आलुको व्यापारका लागि तयारी हुन्छ ।

आलु बिउका लागि तल्लो क्षेत्रका कृषक कोदो, मकै लागयतका अन्न बोकेर दुई चार दिन पैदल यात्रा गरेर आलु व्यापारिक केन्द्र याङमाको चेनेमा पुग्ने गर्दछन् । घुन्सा क्षेत्रको आलु व्यापारिक केन्द्र फले पुग्ने गर्दछ । एक पाथी अन्नमा आलु दुईदेखि चार पाथीसम्ममा साट्ने प्रचलन छ ।

गत वर्ष याङमा र घन्सा क्षेत्रमा आलु उत्पादन कमि आएसँगै आलुको त्यती व्यापार नभएको याङमाका ठावा शेर्पाले बताए । विगतका वर्षहरूमा जस्तै नभए पनि गत वर्षभन्दा आलु उत्पादनमा वृद्धि भएको शेर्पाको भनाइ छ ।

तर, यी क्षेत्रहरूमा कति आलु उत्पादन हुन्छ भनेर तथ्याक संकलन नभएको फक्ताङलुङ गाउँपालिकाका कृषि शाखाका प्रविधिक सहायक ओम प्रकाश शर्माले बताए । न्यूज कारखाना

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ६ : २० बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी