बैतडीमा सरकारी संरचना अपांगमैत्री नहुँदा समस्या « Khabarhub

बैतडीमा सरकारी संरचना अपांगमैत्री नहुँदा समस्या


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीमा सरकारी कार्यालयका भवन संरचनाहरू अपांगमैत्री नहुदाँ अपांगता भएका व्यक्तिहरूलाई समस्या भएको छ । बैतडीका कुनै पनि स्थानीय तहका भवन अपांगमैत्री नभएको अपांगता भएका नागरिकहरूको पुर्नस्थापना केन्द्र बैतडीका अध्यक्ष अम्वादत्त भट्टले बताए ।

सेवा प्रदायक निकाय समक्ष पुग्न नसक्दा अपांगता भएका व्यक्तिका समस्या सरोकारवाला निकायसामु नपुगेको उनले बताए । ‘अपांगतामैत्री संरचना नहुँदा हामी सरोकारवाला व्यक्तिलाई भेट्नै पाउँदैनौँ । हाम्रो आवाज सरोकारवाला निकायसँग नपुग्दा हाम्रा लागि आउने बजेट कता खर्च गर्छन् । केही थाहा छैन् । आएको बजेट उनीहरूकै लागी पुग्दैन् होला हामीलाई के दिन्थे ?’, उनले भने । हरेक भौतिक संरचनाहरू अपांगमैत्री बन्नुपर्नेमा उनको जोड रहेको छ ।

गाउँसमाजमा बिभिन्न प्रकृतिका अपांगता भएका नागरिकहरू रहेका छन् । कोही दुष्टिविहीन छन् भने धेरैजसो हातखुट्टाका अपांग, बोल्न नसक्ने, कान नसुन्ने लगायतका फरक क्षमता भएका व्यक्ति रहेका छन् ।

सरकारी संरचना अपांगमैत्री नबनेको खण्डमा योजना पास नगर्ने नियम भए पनि बैतडीका कुनै सरकारी संरचना अपांगमैत्री नबन्नु दुःखको कुरा भएको दृष्टिविहीन संघका सुदुरपश्चिम प्रदेश सदस्य चन्द्रदेव जोसीले बताए ।

नेपालमा ३० लाख बढी अपांगता भएका व्यक्तिहरू रहेका भए पनि उनीहरूका माग सुनिश्चित हुन नसकेको जोसीले बताए । बैतडीमा बनेका सरकारी भवन, सार्वजनिक शौचालय, धारा, बाटो लगायतका कुनै पनि संरचना अपांगमैत्री नभएको उनले बताए ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ७ : ४० बजे

अमेरिकी हतियार भण्डारमा एक हजार इन्टरसेप्टर क्षेप्यास्त्र बाँकी

काठमाडौं– एउटा प्रतिष्ठित संस्थाले इरानविरुद्ध युद्ध लडिरहेको अमेरिकी सेनासँग एक

काठमाडौंमा ‘कर्मा समूह’को लुटपाट आतंक अन्त्य, नाइकेसहित पाँचजना समातिए

काठमाडौं- राजधानी उपत्यकामा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा अन्य बहुमूल्य

सत्ताका लागि एमालेमा किचलो : शेरधन खटाएर हिक्मतमाथि दबाब बढाउँदै केपी ओली, हटाउन दुईतिहाइको अड्चन

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदबाट हटाउन अध्यक्ष केपी

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम– धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति सुरक्षा

युवा नेताले सुरू गरे ‘देश र कांग्रेस जोड्ने अभियान’, साउन २० मा एकता भेला

काठमाडौं– नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित र १४औँ महाधिवेशनबाट निर्वाचित